×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘कैदी नम्बर ८६४७’ अथार्त ‘बलात्कारी’ बाबा राम रहीमको जेल पुगेपछि गरे यस्तो नाटक

काठमाडौं – दुई जना महिलालाई बलात्कार गरेको मुद्दामा १०/१० वर्ष जेल सजाए पाएका धार्मिक आश्रम डेरा सच्चा सौदाका प्रमुख गरमीत राम रहीम अब कैदी नम्बर ८६४७ बनेका छन् । उनलाई सुनारिया जेलमा राखिएको छ । 
हरियाणाको सिरसामा रहेको आश्रममा सुखसयलपूर्ण जीवन बिताएका राम रहीमले अब जेलमा अरु कैदीले जस्तै सामान्य सुविधा पाउने बिबिसीले उल्लेख गरेको छ । हरियाणा राज्यका अतिरिक्त गृह सचिवले राम रहीमलाई पनि जेलको नियम अनुसार नै सेवा सुविधा उपलब्ध गराइएको बताएका छन् । 
शाही पहिरन झल्किने कपडा लगाउन मन पराउँने राम रहीमले अब कैदीले लगाउने कपडा नै लगाउनुपर्ने छ ।
यसअघि उनि आफूले लगाउने कपडाका कारण समेत चर्चित ती । सामजिक सञ्जालमा उनका थरिथरीका पहिरनको चर्चा हुने गर्दथ्यो । मंगलबार गुरमीत सिंह राम रहीमलाई जेलको नियम अनुसर बिहान उठाइएको थियो । बिहान नौ बजे जेलका कर्मचारीले राम रहीमलाई अरु कैदीकै जस्तै दिनचर्या हुने बताएका छन् । 
सजाय पाउने सबै कैदीले जेलमा केही न केही काम गर्नुपर्ने भएकाले राम रहीमलाई पनि कुनै एउटा काम छान्न लगाइएको छ । सुरुमा केही नबोलेका उनको ११ बजे काउन्सिलिङ सुरु भएपछि मात्रै उनि काम गर्नका लागि तयार भएका थिए । 
उनलाई मालीको काम वा जेलमा रहेको कारखानामा केमा काम गर्ने भनेर सोधिएको थियो । मिठो-मिठो खाएर महिलामाथि बलात्कारमा उत्रिएका राम रहीमले अब प्रत्येक छाक रोटी र दाल मात्रै खानुपर्ने छ ।
सोमबार राति उनले खाना नखाए पनि मंगलबार दिउँसो भने भोकले पेटमा मुसा कुदेपछि गमगम दालरोटी खाए । सुरुमा खाना नखाने अड्डी कसेका उनले पछि जेलका कर्मचारीले त्यहीँ छोडिदिएको खाना खाएको बिबिसीले उल्लेख गरेको छ । सुरुसुरुमा गुरमीत राम रहीमले अरु कैदीसँग कुरा गर्न नमाने पनि जेल कर्मचारीसँग भने उनको सीमित कुराकानी गरेका छन् ।
बिस्तारै उनि पनि आफुले गरेको पापको सजाय भोग्दै अरु कैदीबन्दीले बिताएजस्तै सामान्य कष्टकर कैदीबन्दी जीवन बिताउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: