×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेलमार्गको लागि ४ अर्ब खर्चिँदै, एक बर्षपछि नेपाली जमिनमा नै रेलमार्ग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

रेलमार्गको लागि ४ अर्ब खर्चिँदै, एक बर्षपछि नेपाली जमिनमा नै रेलमार्ग

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  रेल विभागले चालू आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च गर्ने अधिकार पाएको छ । यो पैसाबाट रेल विभागले चालू आर्थिक वर्षभित्रै ३० किलोमिटर रेलमार्ग बनाउने उद्घोष गरेको छ । रेलमार्ग निर्माणको काम धमाधम अगाडि बढिरहेको छ, चालू आवमा सरकारले विनियोजन गरेको बजेटले आगामी एक वर्षपछि नेपालको आफ्नै ३० किमी रेलमार्ग हुने रेल विभागले जानकारी दिएको छ ।
विभागमार्फत रकम खर्च गर्ने गरी सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ मा रेल विभागको नाममा चार अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट विभागले पूर्व पश्चिम रेलमार्गको पूर्वी खण्डतर्फको ३० किलोमिटर रेलमार्ग पूरा गर्ने भएको विभागका प्रवक्ता प्रकाश उपाध्यायले बताए । उनका अनुसार यो रकमबाट विभागले हाल काम सुरु गरिरहेको बर्दिवासबाट लालगढसम्मको ३० किमी रेलमार्ग पूरा गर्ने भएको छ ।
रेल विभागका अनुसार पूर्व खण्डको बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्म डीपीआरको काम यो वर्ष पूरा हुनेछ । पश्चिम खण्डको बुटवल—लमही, लमही—कोहलपुर, कोहलपुर—सुक्खड, सुक्खड—गड्डाचौकीसम्मको डीपीआर बनाउने काम यही वर्ष पूरा गर्ने लक्ष्य रहेको विभागले जानकारी दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: