×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेणुलाई जिताउन देउवाले खटाए महत र खाँड,एमालेका नेताहरु मतदाता माझ अझै पुगेका छैनन्

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान भइरहेको छ । अदालतको नियम बमोजिम आज विहन ७ बजेदेखि पुनः मतदान भइरहेको छ । कांग्रेस माओवादी गठबन्धनले भरतपुर महानगरपालिका वडा नं १९ को मतपरिणाम आफ्नो पक्षमा पार्न चार जना नेता खटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुननर सिंह केसीले  मतदान गर्न भरतपुर नै पुगेर माओवादी केन्द्रलाई मतदान गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका थिए भने २ जना कांग्रेस कार्यकर्ता कांग्रेस नेता डा. प्रकाशशरण महत र बालकृष्ण खाँडलाई त्यहिँ रहन आग्रह गरेका थिए। भरतपुरमा महत र खाँड बसेको एक साता भैसकेको छ ।
आफ्नो पक्षमा पार्न तीन प्रमुख दललहरु  प्रभावशाली नेताको नेतृत्वमा टास्क फोर्स परिचालन गरेका छन् । नेकपा एमालेका उम्मेद्धार देवी ज्ञवालीले जित्ने निश्चित भएको थियो । तर माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसै कारणले निर्वाचन आयोग र सर्वाेच्च अदालतले पुनः मतदानको निर्णय दिएको थियो ।अदालतको नियम बमोजिम आज विहन ७ बजेदेखि पुनः मतदान भइरहेको छ ।  
रेणु दाहाललाई जिताउने योजना बनाइरहेका माओवादी केन्द्रले नेता अमिक शेरचन र नारायण दाहाललाई परिचालन गरेको छ भने  कांग्रेस र माओवादी केन्द्रका नेताहरु संयुक्तरुपमा मतदान केन्द्रमा बसेका छन् । कोठे बैठक गरि योजना बनाइरहेका एमालेका नेताहरु मतदाता माझ अझै पुगेका छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: