×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अचेत अवस्थाका एसएसपीको डिआइजीमा बढुवा !

काठमाडौँ – अचेत अवस्थामा रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई सरकारले विशेष पद सिर्जना गरी डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिस समितिले उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।
२०७३ साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुदाँ त्यसको असर उनको मस्तिष्कमा परेको छ । उनी अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् ।
मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठकै ब्याचका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की डिआइजी भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: