×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी मन्त्री भन्छन् – प्रधानमन्त्रीले भारत भ्रमणमा राजकीय सम्मान पाए, त्योभन्दा ठुलो अरु केहि होइन

भक्तपुर – सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गजबको भएको बताएका छन् ।

आफूहरुको भारत भ्रमणका बेला देउवाले जस्तै राजकिय सम्मान नपाएका कारण विपक्ष दलका नेताहरुले विरोधका नाममा विरोध मात्रै गरेको उनको भनाई छ ।

रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री विष्टले प्रधानमन्त्री देउवाले भारत भ्रमणका बेला नेपालको तर्फबाट स्पष्ट धारणा राखेको समेत दाबी गरे । राज्यमन्त्री विष्टले प्रधानमन्त्रीको भ्रमणका बिषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको तर्क गरे।

संविधान संशोधनका बिषयमा उनले संविधान निर्माणकै बिषयमा राजनीतिक दलबीच आबश्यकता र माग अनुसार संशोधन गर्न सकिने सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको बताए ।

अर्को प्रसंगमा उनले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको अबस्थालाई हेरेर जिल्ला तहका नेताहरुले अन्य दलसँग तालमेल गर्न सक्ने बताए । बाढीपीडितका सन्दर्भमा उनीहरुको तत्कालिन समस्या समाधानका लागी सरकार गम्भीर भएको भन्दै सरकारले राहतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै गएको बताए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: