×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा एमाले नेताको घरबाट बदमासी, प्रहरीले भेट्यो रंगेहात !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

मध्यरातमा एमाले नेताको घरबाट बदमासी, प्रहरीले भेट्यो रंगेहात !

काठमाडौँ – नेकपा एमाले नेताको घरमा मध्यरातमा फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय सकिएको अवस्थामा पनि मध्यराति भेटिएपछि प्रहरीले निर्वाचन कार्यालयका कर्मचारी, ल्यापटप र नामावली संकलन गर्ने उपकरणसहित पक्राउ गरेको हो ।
महाराजगञ्ज वृत्तका डीएसपी गोविन्द पुरीले निर्वाचन आयोगका कर्मचारीबाट ल्यापटपसहित मध्येरातमा मतदाता नामावली संकलन गर्ने सामग्री बरामद गरेको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा आकृत खत्री, राजेन्द्र सापकोटा र दिपक निरौलालाई पक्राउ गरेको छ । निरौला एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख हुन भने खत्रीजिल्ला निर्वाचन कार्यालय, काठमाण्डुले नामावली संकलनका लागि गएका कर्मचारी हुन् । त्यस्तै सापकोटा बुढानिलकण्ठ वडा नम्बर–९ का वडाअध्यक्ष हुन् ।
शनिवारबाट फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने समय सकिएपछि पनि उनीहरुले एमालेका बुढानिलकण्ठ नगरपालिका प्रमुख निरौलाको घरमा मध्येराति संकलन कार्य जारी राखेका थिए । उनीहरुले दुई टोली बनाएर तस्बिरसहितको मतदाता नामावली संकलन गरिहेको अवस्थामा पक्राउ गरेको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: