×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी बैंकमा पनि छन् भारतीय नक्कली सर्टिफिकेटधारी कर्मचारीहरु ! (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतीय दुतावाससंगको सहकार्यमा विभिन्न बैंकहरुमा भारतीय नक्कली सर्टिफिकेटधारी कर्मचारीहरुका बारेमा छानविन भइरहंदा अन्य थुप्रै बैंकहरुमा पनि भारतीय नक्कली सर्टिफिकेट देखाएर जागिर खाने कर्मचारीहरु रहेको पाइएको छ । यसअघि छानविनमा परिने डरले बैंक अफ काठमाडौँका ३० जनाले जागिर छोडेका थिए भने हिमालयन बैंकका १० जनाले जागिर छोडेका थिए । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पनि भारतीय नक्कली सर्टिफिकेट भएका आफ्ना कर्मचारीहरुलाई बैंक छोड्न अल्टिमेटम दिने नाममा अपराधिहरुलाई भगाउने काम गरेको छ ।  

यी बैंकहरुमा पनि छन् नक्कली भारतीय सर्टिफिकेटधारीहरु !
विभिन्न बैंकका कर्मचारीहरुले नक्कली सर्टिफिकेट देखाएर जागिर खाएको र अनुसन्धान हुनेभएपछि विभिन्न कर्मचारी भागेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न बैंकका कर्मचारीहरुले अर्थ सरोकार डटकमलाई आफ्ना बैंकहरुमा भएका नक्कली सर्टिफिकेटधारीहरुको विवरण दिन थालेका छन् । यसैबीच बैंक अफ काठमाडौँ, हिमालयन बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंकका अलावा नबिल बैंक र कुमारी बैंकमा पनि नक्कली सर्टिफिकेटधारी हरु काम गरिरहेको खुलासा भएको छ । ‘नबिल बैंकमा २ जना नक्कली सर्टिफिकेटधारी छन् । छानविन गरियो भने तिनीहरु फस्ने पक्का छ ।’ नबिलका एक उच्चा तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यता कुमारी बैंकमा पनि २ जना भारतीय नक्कली सर्टिफिकेटधारीहरु भएको त्यहाँका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
यस्तै एनएमबी बैंकमासमेत नक्कली सर्टिफिकेटधारीहरु छन् । ‘तपाईंहरुले भारतीय नक्कली सर्टिफिकेटको कुरा गरिरहनुभएको छ । एनएमबी बैंकको एक साखामा एक कर्मचारीले बुझाएको त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेटसमेत नक्कली छ ।’ एनएमबी बैंकमा फाइनान्स विभागमा काम गर्ने एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यस्तै  ग्लोबल आइएमई बैंकमा २ जना र सिभिल बैंकमा १ जना नक्कली सर्टिफिकेटधारी काम गरिरहेका छन् । यस्तै जनता बैंक र एनसीसी बैंकमा पनि आधा दर्जन बढी नक्कली सर्टिफिकेटधारीहरुले काम गरिरहेका छन् ।       
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: