×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांसदहरुले भने, ‘कुलमान र जनार्दनलाई कारवाही गर्नुपर्छ’ –

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सांसदहरुले भने कुलमान र जनार्दनलाई कारवाही गर्नुपर्छ । पाल्पाका सांसद हरि नेपालले जनताका आखामा छारो हालेर लाखौँ करोडौं भ्रस्टाचार गर्ने कुलमान घिसिङ र जनार्दन शर्मामाथी अख्तियारले छानबिन गर्ने भएको छ । नुवाकोटमा गर्ने भनिएको जलबिधुतको काम निर्माण गरिने २५ मेगावाट क्षमताको सोलर प्लान्ट निर्माणमा राज्यलाई ६८ करोेड नोक्सानी पारेको भन्दै अख्तियारले उर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ माथी छानबिन गर्नु पर्ने माग गरेको छ ।
शर्मा र घिसिङले भ्रष्टाचार गरेको भन्दै मंगलबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बोल्ने एकाध बाहेक अधिकांश सांसदले सोलार प्लान्ट सम्बन्धी ठेक्कामा कारवाहीको माग गरेका छन् । प्राधिकरण लाइ प्रयोगमा नालेराइ सोलारको बादी बिगबिगी बढाउने काम उहाहरुले गरेको समेत आरोप लागिएको छ । शर्मा र घिसिङलाई अख्तियारले उनले लोड सेडिङ हटाएको ब्याजका रुपमा ६८ करोड भ्रष्टाचार गर्ने छुट नभएको भन्दै छानविन गर्नुपर्नेधारणा राखेका हुन् ।
यस बारे थप्दै अर्का सांसद ध्रुब वाग्लेले पनि शर्मा र घिसिङले वित्तिय अपराध गरेकाले अख्तियार मार्फत छानविन आवश्यक रहेको बतए । वाग्लेले भने ‘राज्य कोषलाई ६८ करोड नोक्सानी पुर्याउनु भनेको गम्भिर आर्थिक अपराध हो, अख्तियारले छानविन गर्नु पर्छ’ । त्यस्तै अर्का सांसद धनराज गुरुङले पनि ६८ करोड अनियमितता भएको आरोेप लगाउँदै अख्तियारले तत्काल छानविन गर्नुपर्ने विचार राखेका छन् ।
अख्तियार मार्फत शर्मा र घिसिङमाथी छानबिन हुनुपर्ने जोड दिदै अर्का सांसद पार्वती डिसी चौधरीले पनि कारवाही अघि बढाउनुपर्ने बताइन् । सोलार प्लान्टको ठेक्का प्रक्रियामा ६८ करोड अनियमितताभएको सांसद पशुपति चौलागाई, आनन्द पोखरेल, भरत साह इत्यादिले बताएका थिए । उर्जा मन्त्री शर्मा र निर्देशक घिसिङले गरेकोकार्यलाइ बदलेर ६८ करोड रुपैंयाँ बढि कबोल गर्ने कम्पनीलाई ठेक्का दिने निर्णय गरेका छन ।सांसदहरुले त्यसले राज्य कोषलाई ६८ करोड नोक्सानी भएको भन्दै अख्तियारलाइ छानबिन गर्न भनेका हुन् । समितिले भने पुरानो ठेक्का प्रक्रिय रद्ध गरेर नयाँ ठेक्का प्रणाली समेत अघि बढाउने निर्णय गरेका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: