×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली सर्टिफिकेटधारीहरुको अखडा बन्दै बैंक अफ काठमाडौँ, छानविनको तयारीपछी ३० जनाले जागिर छोडे !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंक अफ काठमाडौँमा भारतीय नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका ३० जनाले जागिर छोडेका छन् । बैंकले भारतीय दुताबासको अनुमति लिएर सर्टिफिकेटमाथि छानविन गर्ने प्रक्रिया सुरु गरेपछि नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएकाहरु अत्ताल्लिएर जागिर छाडेका छन् । यसरी जागिर छाड्नेमा तल्लो तहका कर्मचारी देखि केहि माथिल्लो तहका कर्मचारी समेत छन् ।
‘बैंक व्यवस्थापनले भारतीय सर्टिफिकेट देखाएर जागिर खाएका वा प्रमोसन भएकाहरुलाई निजी रुपमै बोलाएर सक्कली भए चिन्ता नलिन र नक्कली भए जागिर छोड्न अल्टिमेटम दिएपछी झन्डै ३० कर्मचारीहरुले जागिर छोडेका छन् ।’ बैंक अफ काठमाडौँमा उपल्लो तहका काम गर्ने एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार नक्कली सर्टिफिकेट प्रमाणित भए बैंकले दिने उपदान र अन्य सुविधा पनि कटौती हुने र कानुनी उपचारमा पनि जाने भन्दै भारतीय सर्टिफिकेट देखाएर जागिर खानेहरुलाई बैंक व्यवस्थापनले चेतावनी दिएपछी बैंकका ३० कर्मचारीले जागिर छाडेका छन् ।
‘कतिपय नक्कली सर्टिफिकेटधारीहरुले अझैपनि जागिर छाडेका छैनन् ।’ बैंकमा काम गरिरहेका एक उपल्लो तहका कर्मचारीले भने, ‘केहि हुँदैन भनेर तिनीहरु बसीरहेका छन् । छानविन हुन्छ । र नक्कलीहरु जेल जान सक्ने सम्भावना अत्याधिक छ ।’ उनका अनुसार कतिपय कर्मचारीहरुले अन्य बैंकमा जागिर पाएको निहुँ गरेर समेत बैंकको जागिर छाडेका छन् भने कतिपय कर्मचारी बैंकिङमै नफर्कने गरी जागिर छोडेको बताउँछन् । 
बैंक अफ काठमाडौँमात्र होइन, अन्य केहि बैंकहरुमा पनि नक्कली सर्टिफिकेटधारीहरुको समूह ठुलो छ । प्रमोसनका लागि भारतीय विश्वविद्यालयबाट ठुलो संख्यामा नक्कली सर्टिफिकेट नेपाल भित्रिएका छन् । नक्कली सर्टिफिकेटधारीहरुले लामो समय बैंक अफ काठमाडौँमा काम गरेका थिए । कर्मचारीहरुमध्ये केहि लुम्बिनी बैंक बाट आएका कर्मचारी छन् भने अधिकांस भने पूरानै बैंक अफ काठमाडौँका कर्मचारी छन् ।          

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: