×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झारा टार्न पैसा नै नभई चेक काट्दै हुनुहुन्छ ? होस् गर्नुहोस्, तपाईं कालोसूचीमा पर्नुहुनेछ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पैसा नै नभई केहि दिन झारा टार्न भन्दै चेक काट्नेहरु थुप्रै हुन्छन् । अव भने यस्तो बदमास काम गर्नेहरु कालोसूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा खातामा प्रयाप्त मौज्जात नभएर चेक काट्ने व्यक्ति सिधै कालोसूचीमा पर्ने उल्लेख भएपछि अव सबैजना सजग हुनुपर्ने भएको छ।
कालोसुचीमा पर्दा धेरै खालका घाटा हुन्छन् । यसरी कालोसूचीमा परेपछि ऋण नपाउने व्यवस्था छ भने कुनैपनि बैंक तथा वित्तीय संस्थाको संचालक हुन समेत पाइंदैन । यसकारण पनि अव सजग हुनुपर्ने भएको छ । यता कालोसूचिबाट हट्नको लागि यसरी मौज्जात नभएपनि काटिएको चेकको रकम भुक्तानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: