×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धुर्मुस बाढीमा डुबेर उद्धार गरिरहदा मन्त्रीहरू हेलिकप्टरमा उडीरहे

अविरल वर्षपछि आएको बाढी पहिरोबाट मुलुकको विभिन्न ठाउँमा सयौको ज्यान गएको छ भने हजारौ घरबार बिहिन भएका छन् । सयौ अझै हराईरहेका छन् । बर्षाले बढेको बाढीका कारण पुर्वी तराइका दर्जनौ जिल्ला डुबानमा परेका छन् । बाढी प्रभावित क्षेत्रमा सरकारले खासै उल्लेखनीय राहात वितरण र उद्धारको काम गर्न सकेको छैन । बाढी प्रभावित जिल्लामा सरकारी अधिकारीहरुले निरीक्षण बाहेक नागरिकको जिउधनको रक्षा गर्न कुनै ठोस कदम नउठाएको आरोप लागिरहेको छ ।यस्तै बाढी पीडितहरुको उद्धार र राहातमा विभिन्न संघ संस्थाहरु पनि लागिरहेकै छन् । 
त्यसै क्रमम धुर्मुस सुन्तली फाउन्डेसनले पनि राहात वितरण र उद्धारमा सहयोग पुर्याइरहेको छ । यति मात्र हैन सीताराम कट्टेल ‘धुर्मुस’ आफै बाढीले डुबान भएको क्षेत्रमा गएर प्रभावित नागरिकको उद्धारमा खटिए । उनले बाढीमा डुबेर नागरिकहरुको उद्धार गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छन्। धुर्मुसले बाढीमा डुबेर पीडितहरुको उद्धार गरिरहेका तस्बिर भाइरल भइरहेका बेला मन्त्रीहरु भने हेलिकप्टरमा सरर उडेर अवलोकन मात्र गरिरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि सुरु हुन थालेको छ ।

मन्त्रीको हेलिकप्टर अवतरण हुँदा स्थानीय झुम्मिए तर केही पनि पाएनन्
बाढीबाट प्रभावित भएका स्थानीयले राहतको आशा गर्नु स्वभाविकै हो । महोत्तरीका बाढी पीडितलाई एक मन्त्रीले पीडामाथि पिडा थपिदिएका छन् । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको हेलिकप्टर सदरमुकाम जलेश्वरको आकाशमा घुमिरहदा राहत आएको आशा सहित पीडित हेलिकप्टर अवतरणको स्थानसम्म पुगेका थिए । हेलिकप्टर अवतरण गरेको स्थानमा पीडित झुमिरहदा त्यहाँ मन्त्रीले कुनै राहत लगेका थिएनन् बरु आश्वासनको पुलिन्दा बाँड्दै फर्किए । मन्त्रीले आश्वासन बाँडेर फर्किए बाढीपीडितहरु खिन्न भए ।जिल्लाको अधिकांश भाग डुवानमा रहेको वेला महोत्तरीकै निर्वाचित सांसद समेत रहेका पोखरेल जलेश्वर स्थित अल्हेव्स स्कुल प्रांगणमा हेलिकप्टरबाट अवतरण गरेका थिए । मन्त्री पोखरेल महेन्द्र आदर्श महिला मा.वि.मा सेल्टर गरि वसेका वाढी पिडितलाई सहयोग गर्ने आश्वासन दिएर काठमाडौं फर्किएका थिए ।

मन्त्रीले आश्वासन बाँडेर फर्के धुर्मुसले सहयोग गरे 
जिल्लाकै निर्वाचित सांसद तथा मन्त्री पोखरेलले बाढीपीडितलाई आश्वासन मात्र बाँडेर फर्केपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले भने राहत वितरण गरेका छन् । आईतवार महोत्तरीको भंगहा गाउँमा उनले राहत वितरण गरेका हुन् ।महोत्तरीको बर्दिवासमै एकिकृत नमुना मुहसह वस्ती निर्माण गरेका धुर्मुसले मधेशको पीडा बुझेर सकेको राहत सामग्री बाँडेकोमा स्थानीयहरुले प्रसन्नता व्यक्त गरेका छन् । यस्तै धुर्मुसले जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई पनि राहत वितरण गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा उनले राहत वितरण गरेका हुन् ।


पीडितहरुलाई समस्या माथी समस्या 
बर्षाले डुबानमा परी घरबारविहीन भएर बसेकाहरुले समयमै राहत नपाएको गुनासो गरेका छन् । विषेश गरी डुवानपीडितलाई स्वच्छ खानेपानी र दुई छाक खानको समस्या देखिएको छ । पाहाडमा पहिरोले सताएको छ भने तराइमा डुबानले सताएको छ । समग्रमा भन्ने हो भने विपत्तिले हुनेखानेलाई भन्दा हुँदाखाने गरीबलाई बढ्दा सताईरहेको छ । बाढीले घरबार पनि बगायो डुबानले भएको अन्नपात पनि बगायो न खाने गास छ, न बस्ने बास छ । यो पिडा मधेश होस् वा पाहाड मुलुक भरीका बाढी प्रभावितहरुको उस्तै साझा पिडा बनेको छ ।  सरकारले अरबौं रकम प्रधानमन्त्री राहात कोसमा सडाउनुको साटो समयमै पीडितहरुलाई राहात वितरण गरेर आफ्ना नागरिकहरुको गास बासको अधिकार ग्यारेन्टी गर्न जरूरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: