×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

क्वारेन्टाईनद्वारा ५ हजार प्रतिबन्धित भारतीय अन्डा नष्ट

  • अर्थ सरोकार सम्बाददाता 

वीरगञ्ज – भारतीय अन्डा वीरगञ्ज आसपासमा अवैध रुपमा  बिक्री वितरण हुने थालेको छ । मंगलबार गरेको पशु क्वारेन्टाईन कार्यालय वीरगञ्जको अनुगमनले  क्रममा ५ हजार प्रतिबन्धित भारतीय अन्डा बरामद गरी नष्ट गरेका छन् ।

पशु क्वारेन्टाईनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला पशु सेवा कार्यालयको प्रतिनिधिहरुको संयुक्त टोलीले वीरगञ्जको बजारमा अनुगमन गरी सो अन्डा फेला पारी नष्ट गरेको थियो। पशु क्वारेन्टाईन कार्यालय पर्साका प्रमुख डा.हरेराम यादवका अनुसार नेपाल सरकाले २०६३ असोज ८ देखि भारतीय अन्डाको बिक्री बितरणमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समयमा केन्द्रीय अण्डा व्यवसायी संघले गरेको गुनासोको सन्दर्भमा अनुगमन गर्दा ती अन्डा विभिन्न पसल र बजारबाट फेला पारिएको थियो ।

अन्डा तस्करहरुले ठेला ,साइकल र मोटसाइकलमा अन्डा तस्करी गर्ने गरेको पाइन्छ ।  भिखना ठोरी , सीमावर्ती सहर रक्सौल ,भेलाही ,सिकटा र सहर रक्सौलबाट प्रहरीलाई नजरअन्दाज गरी अवैध भारतीय अन्डा पर्साको वीरगञ्जलगायत विभिन्न बजारमा ल्याई बिक्री बितरण गर्ने गरेको पाइएपछि भारतीय सेतो तथा हल्का रातो कुखुराको अण्डा २५ कार्टुन अर्थात ५ हजार पिस सारोकारवालाहरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: