×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाढीपीडितलाई यस्तो विभेद, वडा अध्यक्षले भने एमालेलाई भोट नदिनेले राहत पाउदैन

इनरुवा । एमालेका निर्वाचित वडा अध्यक्षले आफुलाई भोट नहाल्ने बाढीपीडितलाई राहत नदिएको खुलासा भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष मोहमद सुल्तानले यस्तो विभेद गरेका हुन् ।
एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगाएर बिचल्ली परेका इनरुवा नगरपालिका-१० कि कुसमीदेवी रामले आफु अर्कै पार्टीमा सक्रिय भएको र आफ्नो वडामा एमाले विजयी भएका कारण आफूलाई राहत नदिएको बताइन ।
यस्तै अर्का स्थानीय भनमन्ता राम एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण आफुले राहत नपाएको गुनास गरेका छन् । यद्दपी उनीहरुले आफु कुन पार्टी समर्थक हो भन्ने बताएनन् ।
यी दुई त्यो ठाउँका लागि प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।
एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए ।
वडामा नेकपा एमाले विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउँछन्। यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्छन् ।
आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताए । आफूले राहतमा कुनै राजनीति नगरेको उनले बताए । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उनले प्रतिक्रिया दिए ।
निर्वाचनमा आफुलाई प्राप्त गोप्य मतदानको अधिकार प्रयोग गर्दै आफ्नो समर्थक पार्टीलाई मतदान गरेकै आधारमा प्राकृतिक बिपत्तिमा परेका बाढीपीडितलाई विभेद गर्नु सामाजिक अपराध हो ।
निर्वाचित जनप्रतिनिधिबाट यस्तो हर्कत गरिनुले समाज प्रतिको उनीहरुको दायित्वबोध नभएको देखिएको छ।
राजनीतिक विचारका आधारमा विभेद गरिनुले उनीहरुले सञ्चालन गर्ने सुशासन कस्तो होला भन्ने प्रश्न चिन्ह उठेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: