×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी बिकास बैंकका यी सीइओ, जसले सिएहरुको मानहानी गरे, युवतीहरुलाई ‘यौन हिंसा’को सिकार बनाए…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  फेवा बिकास बैंक र गण्डकी बिकास बैंक गाभिएर बनेको गण्डकी बिकास बैंक मर्जरपछी चरम विवादमा फसेको छ । नेपालमा रहेका चार्टड एकाउन्टेन्टहरुकै बेइज्जत हुनेगरी भ्याकेन्सी निकालेर एकाएक विवादमा आएको बैंक पछिल्लो समय गैर कानुनी रुपमा जागिरमा आवेदन दिने महिलाहरुकोसमेत व्यक्तिगत मोबाइल नम्बर सार्वजनिक गरेको प्रकरणसम्म आइपुग्दा विवादको उत्कर्षमा आइपुगेको छ । बैंकले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेकै कारण आफुहरुलाइ ब्लफ कल आएको र आफुहरु यौन हिंसामा परेको भन्दै अर्थ सरोकार डटकमको कार्यालयमै केहि आवेदकहरुले गुनासो पोखेपछी अर्थ सरोकार डटकमले यससम्बन्धि प्रकाशित गरेको समाचारसँगै गण्डकी विकास बैंक चरम विवादमा परेको हो ।  र बैंकका पछिल्ला दुइ विवादित विषयमा बैंकका सीइओ रेशम बहादुर थापाले नै त्यस्तो कम गर्न निर्देशन दिएको बैंकका कर्मचारीहरु बताउँछन्। 
गण्डकीले गरेको ‘अपराध’का कारण जागिर खोज्दै गरेका महिलाहरु यौन हिँसाको सिकार !  
बैंकले विभिन्न तहको जागिरका लागि आवेदन मागेको थियो । यसरी मागिएका आवेदन दिने व्यक्तिहरुको मोबाइल नम्बरसमेत सार्वजनिक गरेर संविधानले दिएको गोपनियताको हकको बैंकले बर्खीलाप गरेको छ । आवेदन दिनेहरुको फोन नम्बर सार्वजनिक गर्नुको कुनै तर्क वा तुक नभएपनि बैंकले बदनियत राखी यसरी मोबाइल नम्बर नै सार्वजनिक गर्ने काम गरेपछि आवेदन दिएका महिलाहरु हिंसामा परेका छन् । नेपालको संविधान अनुसार कसैको अनुमति विना फोन नम्बर सार्वजनिक गरिनुलाई अपराध मानिन्छ । बैंकले फोन नम्बर सार्वजनिक गर्नेबारे कसैसँगपनि अनुमति लिएको छैन ।

बैंकले आवेदन दिएकाहरुमध्ये सबैको फोन नम्बर समेत सार्वजनिक गरेको छ । जसमा धेरै संख्यामा महिलापनि छन् । यसरी मोबाइल नम्बरनै सार्वजनिक गरिदिएपछी कतिपय आवेदनकर्ताहरुलाई ‘ब्लफ-कल’ आउन सुरु भएको गोनासो आउन थालेको छ । ‘बैंकले मेरो अनुमति विना मेरो फोन नम्बर वेव साइटमा राखिदियो । जसका कारण मलाइ ब्लफ कल आउन सुरु भएको छ । कतिपयले राती राती फोन गरी, ‘कस्तो तयारी छ ?’ कति पढ्नुभो ?’ लगायतका प्रश्न गरेर मलाइ तनाव दिने काम गरिरहेका छन् ।’ एक आवेदनकर्ताले मंगलबार अर्थ सरोकार डटकमको कार्यालयमा सम्पर्क गरी गुनासो पोखिन् ।
उनका अनुसार बैंकको सानो गल्तीका कारण उनी हिँसामा परेकी छिन् । ‘राती राती फोन गरेर तनाव दिनेहरु धेरै छन् । बैंकमा यसबारे बुझ्ने कुरापनि भएन । जागिरको सवाल जो छ । तर म मात्र होइन मेरा अन्य केहि साथीहरुले पनि यस्तो समस्या भोगेका छन् । राती राती कल गरी केहिले यौनजन्य कुराहरु पनि गर्न थालेका छन् । कतै उजुरी गरौँ, उल्टै आफ्नै बेइज्जत हुन्छ, कतै नभनौं निकै समस्या पर्यो, बैंकमा फोन नम्बर हटाउन भनौं भने बल्ल बल्ल पाउन लागेको जागिर गुम्छ भन्ने पीर !’ उनले अर्थ सरोकारसँग गुनासो पोखिन् ।
सिएहरुको यसरी मानहानी गरेको थियो गण्डकी बिकास बैंकले 

यसअघि गण्डकी बिकास बैंकले चार्टड एकाउन्टेन्ट (सिए) हरुको बेइज्जत गर्ने प्रयास गरेको थियो। बैंकले विभिन्न पत्रिकामा प्रकाशित ‘भ्याकेन्सी’ को सुचनामा सिएहरुको बेइज्जत गरेको हो । बैंकले सिएका बारेमा जानकारी नै नभएको जसरी भ्याकेन्सी एनाउन्समेन्ट छाप्दा गल्तीको पराकाष्टानै देखिएको थियो । बैंकले एक सुचना जारी गर्दै बैंकका लागि २ जना चार्टड एकाउन्टेन्ट (सिए) मागेको छ । र सिएको पदका लागि उसले अनिवार्य रुपमा ३ बर्षको आर्टिकलशिप गरेको हुनुपर्ने भन्ने हास्यास्पद कुरा उल्लेख गरेको छ । किन भने ३ वर्षको आर्टिकलशिप नगरी कोहि पनि सिए हुन सक्दैन । यो त सरासर माष्टर्स गरेको मान्छे चाहियो तर ब्याचलरचाहिं पास गरेको हुनुपर्छ भने जस्तै हो ।

सिए जस्तो गरिमामय मदका लागि आएको यस्तो थर्ड क्लास विज्ञापनले आफ्नो पेशाको इज्जतमाथि नै धक्का पुगेको सिएहरुको भनाइ छ । ‘गण्डकी बिकास बैंकले निकालेको सुचनामा आवेदन दिनु भनेको आफ्नो पेशाको धज्जी उडाउनु हो ।’ एक सिएले अर्थ सरोकार डटकमसँग भने, ‘यो भ्याकेन्सीमा त कतै पनि काम नै नपाएकोले मात्र अपलाई गर्छ । आफ्नो पेशाको इज्जत हुनुपर्छ भन्नेले यस्तो भ्याकेन्सीमा एप्लाई नै गर्दैन ।’

बैंकका उच्च तहका कर्मचारी भन्छन्, ‘सबै निर्देशन सीइओकै’
यता यो सबैकाम सीइओ रेशम बहादुर थापाकै निर्देशनमा भएको बैंकका कर्मचारीहरु बताउँछन् । ‘बैंकको कार्यकारी प्रमुख भनेकै रेशम सर हो । उहाँको अनुमति विना केहि पनि अगाडी बढ्दैन । भ्याकेन्सीमा के लेख्ने, के नलेख्ने र वेव साइटमा कसरी विवरण राख्ने भन्ने निर्देशन पनि उहाँकै हो । हाम्रोमा मात्र होइन प्राय विकास बैंकमा सीइओकै निर्देशनमा यस्तो काम हुने गरेको छ ।’ बैंकका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यता मर्जरपछि सीइओको रबैया अलि बढीनै बढेको समेत उनको आरोप छ । ‘मर्जरपछि आउने स्वाभाविक समस्याहरुलाई समाधान गर्न बैंकले सकेको छैन ।  कर्मचारीको विषयलाई लिएर उस्तै लफडा छ । वेब साइटमा महिलाको त परैको कुरा पुरुषको पनि फोन नम्बर राख्न मिल्दैनथियो । तर सीइओकै निर्देशन आएपछि हामीले त काम गर्ने न हो ।’ उनले भने ।


सम्पर्कमै आएनन् सीइओ
यसबारे बुझ्न हामीले बुधबार र बिहिबार पटक पटक बैंकका सीइओलाई सम्पर्क गर्न खोज्यौं । तर बैंकका सीइओ सम्पर्कमै आउन चाहेनन् । हामीले यसबारेमा बुझ्न बैंकमा फोन गर्दा फोन उठाउने कर्मचारीले उल्टै हाँसेर फोन राखीदिइन् ।यसले महिला सुरक्षामा बैंक र बैंकका सीइओ कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरालाई स्पष्ट  पारेको छ । बैंकको जागिरका लागि आवेदन दिएका केहि महिलाहरु महिलाअधिकारकर्मी समक्षसमेत यो कुरा लिएर पुगेको बुझिएको छ । तर आफ्नै बेइज्जत हुने डरले र जागिर नपाइने पीरले उनीहरुले सार्वजनिक रुपमा यी कुराहरु भनेका छैनन् । नेपालको कानुनअनुसार यसरि कसैको व्यक्तिगत मोबाइल नम्बर नीजको अनुमति विना कहीं कतै सार्वजनिक गर्नु अपराधका रुपमा लिइन्छ ।


यो पनि पढ्नुहोस् :

(गण्डकी विकास बैंकका विभिन्न कर्तुतहरु प्रस्तुत गर्ने क्रममा यो तेश्रो अंक हो । हामी निरन्तर गण्डकी बिकास बैंकको फलोअपमा छौं ।)  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: