×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको शंकास्पद कारोबार : कहाँ पुग्यो अख्तियारको अनुसन्धान ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमई बैंकको सम्पूर्ण खाता विवरण अख्तियार पुगेपछी अनुसन्धान थालिएकोमा ६ महिनासम्मको अनुसन्धान तुहाउने खेलमा आइएमई समूह लागिपरेको खुलासा भएको छ । शंकास्पद कारोबार गरेको खुलासा भएपछी बैंकको विवरण मगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १८ गते सम्पूर्ण खाता विवरण माग गरेको थियो भने बैंकले अख्तियारको माग बमोजिम खाता विवरण अख्तियारमा बुझाएका थिए । 
तर ग्लोबल आईएमई बैंकका यस्ता विवरणमा शंकास्पद कारोबार भएको भन्दै पूरै समूहनै उक्त अनुसन्धान तुहाउने खेलमा लागेको स्रोतको दावी छ । ‘अहिले यो अनुसन्धान तुहाउने खेल भएको छ । ग्लोबल आइएमई बैंकलाई कारवाही नगर्ने गरी सबै ‘सेटीङ’ मिलाइएको छ ।’ स्रोतले भन्यो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतको विशेष अनुसन्धान महाशाखाका रितेशकुमार शाक्यको नाममा ग्लोबल आईएमई बैंकले पत्राचार गरेर खाता विवरण र सञ्चालकहरुको नाम पठाएको थियो । 
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल निशानामा !
यता बैंक प्रवेश गर्दाको अवस्था र हालको स्थिति हेर्दा बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकालको हैसियत रहस्यमय देखिएपछी अख्तियारले यस्तो अनुसन्धान सुरु गरेको थियो । तर हाल आएर अख्तियारका समेत विभिन्न व्यक्तिलाई प्रभावमा पारी ढकालले यो अनुसन्धान तुहाउन खोजेको आरोप जानकारहरुले लगाएका छन् । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केहि उपल्लो तहका कर्मचारी भने यो अनुसन्धान कुनैपनि हालतमा नातुहिने र दोषी देखिएमा जो कसैलाई पनि कारवाही हुने बताउँछन् । यस्तो त विगतमा सिंगापुर र मलेसियामा समेत रेमिट्यान्सको नाममा कम्पनी खोलेर अबैध हुण्डीदेखि डलरको कारोबार गरेको आरोप ढकालमाथि लागेको थियो । अहिले व्यावसायिक हिसावले निकै माथिल्लो हैसियतमा पुगेका ढकाल बैंकमा ६ बर्षदेखि अध्यक्षको पदमा छन् ।
आइएमई ग्रुपमाथि आरोप नै आरोप !
यसो त आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालमाथि यसअघि पनि थुप्रै ठाउँमा मुद्धा परेको थियो । चन्द्रागिरी हिल्स लिमिटेडले जङ्गल फडानी गरेको भन्दै एकातर्फ मुद्दा समेत परेको थियो भने दुई वर्ष अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सिआईवी) ले ढकालका शंकास्पद कारोबारमाथि अनुसन्धान गरेको थियो । रेमिट्यान्स कम्पनीका नाममा अवैध हुण्डी र डलरको काम गरेको भन्दै उनीमाथि छानविन भएको थियो । राजनीतिक आडमा उक्त मुद्धा सल्टिएको थियो । यसो त चन्द्र ढकाललाई अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले समेत तह लगाउन खोजेका थिए । कार्की अख्तियारको प्रमुख आयुक्त छँदा ढकालमाथि एनसेल प्रकरणमा कारबाही गर्न खोजेका थिए । तर उनी पछी आफैं तह लागेपछि ढकाल जोगिएका थिए । यसो त ढकाललाई लोकमानले फसाउन खोजेको भन्ने आरोप पनि नलागेको होइन । एनसेल लाभकार प्रकरणमा एनसेलको नेपालको हिस्सा ढकालले लिन खोजेपछि ढकालमाथि कार्की आक्रामक भएको समेत चर्चा चलेको थियो । 

कहाँ पुग्यो अख्तियारको अनुसन्धान ?
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस विषयमा छानविन लगभग सुन्य गतिमा अघि बढेको बुझिएको छ । राजनीतिक आडका भरमा चन्द्र ढकालले बैंकलाई हुने कारवाहीका विषयमा अनुसन्धान तुहाउन विभिन्न शक्ति केन्द्रको सहयोग लिएको जानकारहरु बताउँछन् । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केहि उपल्लो तहका कर्मचारीहरु भने ढिलो चाँडो यो प्रक्रिया अगाडी बढ्ने र कुनैपनि हालतमा दोषी ठहरीए ग्लोबल आइएमई बैंकलाई कारवाही हुने दावी गरेका छन् । यद्यपी अहिले भने राजनीतिक आडकै भरमा यो अनुसन्धान तुहाउन खोज्नेहरु भने सल्बलाएको अख्तियार स्रोतको स्वीकारोक्ति छ ।


बोल्नै मान्दैन ग्लोबल आइएमई बैंक !
यस विषयमा हामीले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालसँगै कुराकानी गर्ने प्रयास गरेका थियौं । तर उनीसँग हाम्रो सम्पर्क हुन नसकेपछी हामीले बैंकका सुचना अधिकारी जनक शर्मा पौड्याललाई सम्पर्क गर्यौं । तर ग्लोबल आइएमई बैंकको सुचना अधिकारीको नम्बर भनेर दिईएको उक्त नम्बरमा फोन नै उठेन ।   
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: