×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंक छोड्दा गाडीमा र्याल चुहाउने गोविन्द गुरुङ सिभिल बैंकमा बने सीइओ ! कर्तुत त कति हो कति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । पटक पटक विभिन्न खाले विवादमा फस्दै आएका गुरुङ गत बैशाख १२ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । सिभिल बैंक आएदेखिनै विभिन्न खाले विवादमा परेका गुरुङलाई बैंक परिसरमै एक पटक सेयर धनीहरुले घेराबन्दी नै समेत गरेका थिए । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि उनी सीइओ भएका हुन् । 
मेगा बैंकमा कार्यरत हुँदादेखि नै विभिन्न लफडामा पर्दै आएका गुरुङ हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा आएका हुन् । उनी आएदेखि नै सिभिल बैंकको हालत खराब हुँदै आएको हो । सिभिल बैंकको नक्कली पूर्जा प्रकरणदेखि मेगा बैंक छोड्दा गाडीमा र्याल चुहाएको उनको प्रकरण अहिलेपनि नेपाली बैंकिङ बजारमा चर्चित छ । 

मेगा छोड्दा गाडीमा र्याल चुहाएको त्यो घटना र ग्लोबल आइएमइ बैंकमा यस्तो काण्ड !
सिभिल बैंकमा प्रवेश गर्नुअघि गुरुङ मेगा बैंकमा डेपुटी जनरल मेनेजरको रुपमा कार्यरत रहेका थिए । उनलाई मेगा बैंकले कार्यालय प्रयोजनका लागि गाडीको सुविधा समेत दिएको थियो । तर मेगा बैंक छोड्दा आफूलाई कार्यालय प्रयोजनका लागि दिएको गाडी फिर्ता दिन नमानेपछि बैंकले उनी विरुद्ध प्रहरीमा उजुरी गरेको थियो । प्रहरीकहाँ उजुरी परेपछि मुद्धा मामिला तिर केस जाने भएपछि वाध्य भएर गुरुङले गाडी मेगा बैंकमा फिर्ता गरेका थिए । गोबिन्द गुरुङ सिभिलमा मात्र होइन ग्लोबल आइएमइमा हुँदा पनि निकै विवादित बनेका थिए । ग्लोबलमा प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यले गुरुङलाई कारवाही गर्न समिति नै गठन गरेपछि उनी रातारात राजीनामा दिएर मेगा बैंक हिंडेका थिए । 

सिभिलमा काण्ड नै काण्ड !
यसो त गोविन्द गुरुङ सिभिल आएपछी पनि बैंकमा काण्ड नै काण्ड घटाएका छन् । सिभिल बैंकमा नक्कली लालपूर्जा प्रकरणदेखि म्याद नै नसकी ऋणीको घर अर्कैको नाममा पास गरेको घटनासम्ममा उनी जोडिएका छन् । कर्मचारीहरुको सरुवाको कुरा देखि बैंकभित्र अन्य लफडा हुँदापनि उनको नाम नै मुछिने गरेको छ । पछिल्लो समय ऋण नै नलिएका व्यक्तिलाई ६१ लाख ऋण तिर्न तागेता गरेपछि उनी झन् विवादमा तानिएका थिए । केहि कर्मचारीहरुलाई आफु निकट बनाएर अन्य कर्मचारीहरुलाई पेल्ने रणनीतिका साथ् बैंकमा काम गरिरहेका उनी बैंकका सीइओ भएपछि त्यहाँ काम गर्ने कर्मचारीलाई बैंकको जागिर निल्नु न वकल्नु भएको छ।
यो पनि पढ्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: