×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गोरखामा एनजीओको कमाउ धन्दा, जनता ठग्दै वल्र्डभिजन, ९० दिनको तालिम ५० दिनमै सकियो !

गाेरखा – भूकम्प गए लगतै जिल्ला भित्रिएका एनजिओ/आईएनजिओको मनपरी अझै कायम छ । वल्र्डभिजन नामक गैरसरकारी संस्थाले ९० दिन सञ्चालन गर्नुपर्ने तालिम ५० दिनमै सकेर जनता ठगेको भेटिएको छ । असल छिमेकीको साझेदारीमा वल्र्डभिजनले पालुङटारका भूकम्प पिडित महिलाहरुलाई सूर्यमणी प्राविधक शिक्षालय मार्फत ३ महिनाका लागि दिएको सिलाईकटाई तालिम डेढ महिनामा सकेर प्रशिक्षार्थीलाई घर पठाईदिएको छ । ‘पहिले ६ महिना तालिम दिने कुरा थियो, हामीले सिक्न थाले पछि डेढ महिनामै अब तपाईको तालिम सकियो भनेर प्रमाण–पत्र दिई बिदाई गरियो’ तालिमकी एक सहभागीले भनिन् ।
शुरुका दिनमा फजुल खर्च गरेर पिडितको दुःखमा रजाई गर्ने गरेको आरोप लागेका एनजिओहरुका थुप्रै अनियमिताहरु सार्वजनिक भएका थिए । उक्त क्रम अहिले सम्म रोकिएको छैन् । पालुङ्गटार नगरपालिकाको भवानी बहुमुखी क्याम्पसमा भएको तालिम असार ५ गते शुरु भएर साउन २८ गते सकिएको हो । ९० दिनका लागि भनेर सञ्चालित तालिम दैनिक ८ घण्टा दिएर ५० दिनमा सिध्याइएको प्राविधिक शिक्षालयका भिम भूजेलले टेलिफोन मार्फत जानकारी दिए । ‘हामीले दिनको ८ घण्टाका दरले तालिम दिएका छौ, यसरी हेर्दा शिप परिक्षणका लागि आवश्यक पर्ने ३९० घण्टा पुरा हुन्छ’ भूजेलले भने ।
यता प्रशिक्षार्थीहरुले भने ३ महिनाको तालिम ५० दिनमा सकिए पछि आफ्नो सिप अधुरो रहेको बताएका छन् । ‘भन्न त ३ महिना नै सिकाउने भनिएको थियो तर पछि एकै दिन धेरै समय सिकाएर ५० दिनमै सकियो’ तालिममा सहभागी मन्जु कुमालले भनिन् ।
३० जना महिला सहभागी भएको उक्त तालिमलाई नबिना गिरी र रामेश्वरी भूजेलले सहजीकरण गरेका थिए । गिरी र भूजेलका अनुसार तालिममा सहभागीहरुलाई कुर्ता सलवार, नाईट ड्रेस, म्याक्सी, पाइजामा, पेटीकोट, ब्लाउज र चौबन्दी चोली सिलाउन सिकाईएको थियो ।
तालिम अवधी भर प्रति सहभागी १० हजार रुपैयाँ खर्च भएको बताईएको छ । तालिममा सहभागीहरुलाई मेशिन, कपडा र स्टेशनरीका साथै प्रति दिन ६५० रुपैयाँ दिएको भूजेलले बताए ।
यसैगरी व्युटिसियन, हाउस व्यारिङ र मोबाईल मर्मत लगायतको तालिम दिईरहेको वल्र्डभिजन र असल छिमेकीले ३ महिने सबै तालिमलाई ५० दिन मै सकेको सहभागीहरुले गुनासो गरेका छन् । ‘हामीलाई त पुरै समय तालिम लिन मन थियो, तर ५० दिनमा सकियो, राम्रो सगं सिक्न पाईएन’ नाम नबताउने सर्तमा व्युटिसियन तालिममा सहभागी एक महिलाले भनिन् । यता साझेदार सस्था असल छिमेकीले भने सहभागीको चाहना अनुसार नै ९० दिनको तालिम छोट्याएर ५० दिन बनाईएको बताएको छ । 
‘उहाँहरुले हामी एक दिन धेरै समय बस्न सक्छौ वर्खाको समय छ छिटो सकौं भन्नुभयो, सोही अनुरुप उक्त तालिम ५० दिनमा सकिएको हो’ असल छिमेकीका कृष्ण खड्काले बताए । उक्त तालिमका सहभागीहरुले ३ महिनाको तामिल ५० दिनमा सकिए पछि आफूहरुलाई अनियमितको आशंका लागेको समेत बताएका छन् । गाेरखासमाचार दैनिकमा कैलाशबावु श्रेष्ठले समाचार लेखेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: