×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकमा व्यवस्थापनको यस्तो हर्कत, नक्कली सर्टिफिकेट भएका कर्मचारीहरुलाई भगाइंदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भारतीय दुतावाससंगको अनुमति लिएर विभिन्न बैंकहरुले भारतीय विश्वविद्यालयबाट नक्कली सर्टिफिकेट ल्याएर बैंकमा जागिर खाइरहेकाहरु विरुद्ध अपरेशन चालीरहंदा नेपाल इन्भेष्टमेन्ट बैंक भने बैंकमा कार्यरत नक्कली सर्टिफिकेटधारीहरुलाई भगाउन लागि परेको छ । बैंकले सीधा छानविन गरी अगाडी बढ्नु पर्नेमा भारतीय सर्टिफिकेट भएकाहरुलाई बोलाएर तपाईंको सर्टिफिकेट सक्कली हो भने ठिकै छ, नक्कली हो भने बैंक छोड्नुहोस् भन्दै नक्कली सर्टिफिकेटधारीहरुलाई भगाउन थालेको छ ।
बैंकमै कार्यरत एक विशेष स्रोतले दिएको जानकारी अनुसार बैंकले हिमालयन बैंक र बैंक अफ काठमाडौँकै सिको गर्दै भारतीय सर्टिफिकेट भएकाहरुलाई बोलाएर छानविन गर्ने चेतावनी दिंदै नक्कली सर्टिफिकेटधारीहरुलाई भगाउने प्रयास गरेको हो । ‘बैंक व्यवस्थापनलाई कसको सर्टिफिकेट नक्कली हो भन्ने स्पष्ट थाहा छ । त्यस्तालाई प्रहरीको सहयोगमा कानुनी कारवाही गर्नुपर्ने ठाउँमा बैंकले नक्कली भए बैंक छोडेर भाग्नुहोस् भन्दै समय दिएको छ ।’
स्रोतका अनुसार बैंकका सीईओले कतिपय कर्मचारीलाई व्यक्तिगत रुपमै भेटी यस्तो समय दिएका छन् भने एचआर विभागमा समेत विभिन्न कर्मचारीहरुलाई यस्तो समय दिईएको छ । नेपालको विद्यमान कानुन अनुसार अपराध गर्ने मात्र होइन, अपराधमा सघाउने वा अपराधीलाई भगाउने काम पनि अपराधिक मानिने गरिन्छ । तर बैंकका एचआर विभागका प्रमुख डिना लामा, प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतले नक्कली सर्टिफिकेटधारीहरुलाई भकाभक भगाउने तयारी गरिरहेको बुझिएको छ ।
यस विषयमा बैंकमा बुझ्न खोज्दा कुनैपनि प्रतिक्रिया आएन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: