×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

क्रान्तिकारी पत्रकार संगठनका जन्मदेव जैशी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ – क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य उपत्यका विशेष व्युरो संयोजक पत्रकार जन्मदेव जैशी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा उनले आफ्नो उम्मेद्वारी दिएका थिए । मंगलबार बिहानै आएको नतिजा अनुसार उनी भारी मतले बिजय भएका छन् । खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका उनि अत्यधिक मत प्राप्त प्राप्त गरी बिजयी भएका छन्। उनले ६५१ मत प्राप्त गरेका छन् ।

निरन्तर क्रान्तिकारी खेमा रहेर श्रमजीवी पत्रकारहरुको हक हितका निम्ती लड्ने छबी बनाएका जैसी बामपन्थी पत्रकारहरु माझ लोकप्रिय छन् । नेपालको बिकट भूगोलको रुपमा चिनिएको कर्णालीको कालिकोट घर भएका जैसी २०५६ साल देखि निरन्तर पत्रकारीता पेशामा रहेका छन् । 

विगत १८ बर्ष देखि निरन्तर पत्रकारीता पेशामा रहेका जन्मदेव जैसीले समदृष्टी, साँघु, जनआह्वान, जनदिशा, प्रकाश साप्ताहीक, नेपाल एफएम, जनादेश साप्ताहीक, सौर्य साप्ताहीकमा लामो समयसम्म कार्यरत रहेर काम गरिसकेका छन ।
नेपाल पत्रकार महासंघलाई ब्यबसायिक पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्नु पर्ने मान्यता राख्दै आएका जैसीले नेपाल पत्रकार महासंघलाई गैर पत्रकारहरुको भर्तिकेन्द्र हुनवाट बचाउनुपर्ने वताउदै आएका थिए । आफुलाई बिग मिडिया हाउस भनेर दाबी गर्ने नेपालका केही सञ्चारगृहका मालिक र पत्रकारहरुले जैसीलाई विस्थापित गर्न खोजेपनि उनी देशभरिका पत्रकारहरुको माझमा लोकप्रिय रहेको उनको बिजयले पुष्टी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: