×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकलाई झन्डै ‘ध्वस्त’ बनाएका किशोर महर्जन सेन्चुरीमा सीईओ भएर आउँदै !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिभिल बैंकलाई ध्वस्त बनाएको आरोप लागेका किशोर महर्जन सेन्चुरी बैंकमा आउने भएका छन् । उनी सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आउन लागेका हुन् । उनको आगमनसँगै सिभिलका केहि कर्मचारीहरुपनि सेन्चुरी आउन लागेको बुझिएको छ ।  बोर्डले भने अनुसार काम नगरेको भन्दै सेन्चुरी बैंकका तत्कालीन सीईओ अनुजमणि तिमिल्सीनालाई बैंकले गलत्याएपछी बैंकको सीईओ पद खाली थियो ।
यता किशोर महर्जन आउने भएपछि बैंक धरापमा पर्ने भएको छ । विशेष स्रोतले दिएको जानकारी अनुसार सिभिलका केहि खराब ऋणीहरुसमेत किशोर महर्जनलाई हातमा लिएर सेन्चुरीमा चलखेल गर्ने योजना बनाएर बसेका छन् । महर्जनको आगमनसँगै बैंक झन् धरासायी हुने र बैंकको सेयर मूल्य पनि घट्ने अनुमान गरिएको छ।  नक्कली सुन प्रकरणदेखि ग्राहकको नागरिकता दुरुपयोग काण्डमा फस्दै आएको बैंकको स्थिति महर्जनको आगमनसँगै झन् खराब हुने अनुमान गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: