×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाउन बुनियो यस्ताे षडयन्त्र, अब के गर्लान उर्जामन्त्री ?

काठमाडौं – दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्राधिकरणका उच्च कर्मचारीहरू लागिपरेका छन् ।
गत वर्षको भदौ २९ गते चार वर्षका लागि नियुक्त भएका घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउने षडयन्त्र गरिएको हो । लोडसेडिङ सँधैका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ ।
घिसिङ, राजीव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाई छ । प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण् फारम १३ (पाने) भर्न तल्लिन छन् । आजको नागरिक दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: