×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाली स्पेसल ड्रिंक’ भन्दै ठुला होटल नै बेच्छन्, ‘लोकल ठर्रा’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ श्रावण २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

‘नेपाली स्पेसल ड्रिंक’ भन्दै ठुला होटल नै बेच्छन्, ‘लोकल ठर्रा’ !

विराटनगरको रानीस्थित नेपाल-भारत सीमाक्षेत्रमा कर तिरेर ‘ब्रान्डेड’ मदिरा बिक्रीका लागि इजाजत प्राप्त गरेका ठूला होटेलबाट पनि अवैध घरेलु मदिराको किनबेच हुने गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।
कानुनले उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको घरेलु मदिराको लुकिछिपी कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । विराटनगरको रानीक्षेत्रमा ३५ वटा साना तथा ठूला होटेल सञ्चालनमा छन् । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध घरेलु मदिरा नियन्त्रणका लागि अभियान चलाएर कडाइ गरेसँगै ठूला होटेलले गर्ने गरेको घरेलु मदिराको अवैध कारोबारबारे बाहिर आएको हो ।
सीमावर्ती क्षेत्रका प्रायः सबै होटेलमा अवैध घरेलु मदिराको किनबेच हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । प्रहरीले एक साताको अवधिमा दुई हजार दुई सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ ।
‘घरमा उत्पादन गरेर मदिरा बिक्री गर्न पाइँदैन । तर ब्रान्डेड मदिरा बिक्रीको अनुमति लिएका ठूला होटेलबाट पनि घरेलु मदिरा बिक्री हुँदो रहेछ,’ उनले भने, ‘सबै होटेलमा छापा हानेर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको छ । अबदेखि बिक्री नगर्न सबै होटेल सञ्चालकलाई सचेत गराइएको छ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: