×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मण्डललाई २५ किलोग्रामको माला लगाइदिएर स्वागत, कारबाही हुन्छ तर बरु पद छाड्न तयार: मण्डल

  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर  – वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डललाई कार्यकर्ताले २५ किलोग्रामको माला लगाएर स्वागत गरेका थिए । मन्त्री मण्डल मन्त्री भएर पहिलो पटक गृह जिल्ला मोरङ गएका थिए । मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भए पनि तिनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गर्नुका साथ दोषीलाई कारबाही गर्ने जनाएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो पद छाड्नुपर्ने अवस्था आए पनि कारबाही गर्न आफू पछि नहट्ने व्यक्त गरे।‘अनुसन्धान र कारबाही प्रक्रिया कसैको तागतले पनि रोकिने छैन’, उनको भनाइ थियो, ‘बरु मन्त्रालय छोड्नु पर्ने अवस्था आए छोड्छु तर दोषीलाई उन्मुक्ति दिन्न।’ जग्गा खरिदका विषयमा आएका समाचारप्रति आफू गम्भीर भएको र माहान्यायाधिवक्तामार्फत् कानुनी सल्लाह लिइरहेको जानकारी मन्त्री शिवकुमारले दिए।
लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनका लागि छलफल अघि बढाएको उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा आइरहेको आइओसीसँग मिलेर पेट्रोलपम्प खोल्ने बारेको समाचारप्रति आफूलाई जानकारी नभएको उनको प्रतिक्रिया थियो। आइओसी र एनओसीबारे सबै विषय बुझ्न बाँकी रहेको स्पष्ट पार्दै मण्डलले नेपालको आत्मनिर्भरतालाई प्राथमिकता दिएर अघि बढ्ने विचार प्रकट गरे। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: