×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जीएम नियुक्तिमा यसकारण भयो ढिलाई, ३ सदस्यीय सिफारिस समिति गठन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सीताराम थपलियाको कार्यकाल सकिएसँगै रिक्त भएको नेप्सेको महाप्रबन्धक पदका लागि कसलाई नियुक्त गर्ने भन्ने सिफारिस समिति बनेको छ । आनन्द राज ढकाल, उत्तर खत्री र तुल राज बस्याल सहितको सिफारिस समिति गठन भएको हो । यो सिफारिस समितिले प्रतिष्पर्धाका आधारमा नेप्सेको जीएम पदका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने र त्यहि सिफारिसका आधारमा क्याबिनेटले निर्णय गर्नेछ । सिफारिस हुने ३ जनामध्ये एक जना नेप्सेको जीएम हुनेछन् ।
नेप्सेको जीएम हुने दौडमा पर्वत कार्की, मनोज ज्ञवाली, भोला पाण्डे, शिवनाथ पाण्डे, प्रकाश लम्साल, नवराज घिमिरे लगायत आधा दर्जन बढी आकांक्षी छन् । जसमध्ये शिवनाथ पाण्डे भित्रभित्रै लविङ गरिरहेको बुझिएको छ भने पर्वत कार्की नेप्सेको जीएम बन्न पावर सेन्टर धाइरहेका छन् । उनी धीतोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले इक्षाएका व्यक्ति समेत हुन् । एमाले खेमाका भएकै कारण नवराज घिमिरेको रहर, ‘रहर’ मै सिमित हुने देखिएको छ भने मनोज ज्ञवालीपनि राम्रै दौडधुपमा लागेका छन् ।

यसअघि सिधै नियुक्त गर्ने वा सिफारिस समिति बनाएर नियुक्त गर्ने भन्ने विषयमा केहि विवाद हुँदा नेप्सेमा जीएम नियुक्तिमा ढिलाई भएको हो । 

सिफारिस समितिले सिफारिसको टुंगो लगाउन अझै केहि समय भने लाग्ने देखिएको छ । ‘सिफारिस समितिले लगभग एक साता लगाउला । त्यसपछि नेप्सेको जीएम बन्ने / बनाउने प्रक्रिया सुरु हुन्छ ।’ स्रोतले भन्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: