×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब पारस आफ्नो निवासमा एक्लै बस्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पूर्व युवराज पारस शाह निर्मल निवासमा एक्लै बस्ने भएका छन । उनका बुबा पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जाँदै छन् । ज्ञानेन्द्र थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने उनको पारिवारिक स्रोतले  जानकारी दिएका हुन् । पूर्वरानी कोमल र केही सहयोगी उनका साथमा  थाइल्याण्ड जाने भएका छन ।
छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिकालाई लिएर पूर्व युवराज्ञी हिमानी यसअघि नैथाईल्याण्ड गइसकेकी छिन् । उनीहरु प्राय बिदा बनाउन थाइल्याण्ड जाने गरेको निर्मल निवास स्रोत जनाएको छ । 
सब परिवार  थाइल्याण्ड गए पनि पूर्व युवराज पारस भने निर्मल निवासमा नै छन् । पारस थाइल्याण्ड नजानुको मुख्य कारण उनलाइ अझ पूर्ण रुपमा निको नहुनाले हो । तर पहिलेको पारसको क्रियाकलापका कारण  पूर्व राजपरिवारले पारसलाई त्यति ख्याल नगरेको  भएता पनि अहिले भने परिवारसंग सम्बन्ध राम्रो हुदै गएको   स्रोतले जानकारी दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: