×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरी नै किर्ते धन्दामा ! उमेर ढाँट्ने प्रहरी फन्दामा !

डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् ।
हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।
सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।
नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।
उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: