×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘प्याब्सन र एनप्याब्सन चोरै चोरहरुको संगठन हो, सबै पार्टीका नेता र गुण्डा यिनैले पालेका छन्’ (भिडियोसहित)

काठमाडौँ – प्रताप शर्मा । त्रिचन्द्र कलेजमा पढ्दा समाजशास्त्रका कलेज टपर । करिव ८ बर्ष नीजी स्कुलमा पढाएका उनले लुट बाहेक केहि देखेनन् स्कुलमा । त्यसपछि पढाउनै छोडिदिए । अर्थ सरोकार टेलिभिजन कार्यर्कममा बोल्दै उनले भने, ‘ब्याब्सन र एनप्याब्सन भनेको चोरे चोरहरुको संगठन हो । यिनीहरुले माओवादी, कांग्रेस वा एमाले सबै पार्टीका नेता पालेका छन् । त्यहि भएर कोहि बोल्दैन स्कुलको चर्को शुल्कका सम्बन्धमा ।’
‘काठमाडौँमा प्रिन्सिपल भएका अधिकांससँग नक्कली सर्टिफिकेट छ । मैले समाजसाश्त्रमा डिग्री गरें, कानुनमा स्नातक गरें । कहिलेकाहीं व्यर्थ लाग्छ । यहाँ त नक्कली सर्टिफिकेट हुनेहरुको हालीमुहाली छ ।’ उनले सुनाए । 
उनका अनुसार किताब, कापी देखि ड्रेससम्ममा कमिसन लिईन्छ । ‘कसैले लुट्न सिक्ने हो भने निजी स्कुलमा २ वर्ष पढाए हुन्छ ।’ अर्थ सरोकार टेलिभिजन कार्यक्रममा उनले भने ।
‘स्कुलमा शिक्षक हुँदा कसरी बोलुं ! रोजीरोटीको सवाल छ ।’ अफ एयरमा यस्तो भनेका प्रतापले अन एयरमा सबै भनेका छन् । उनीसंगको विशेष अन्तर्वार्ता सोमबार बेलुकी ६:३० बजे टिभी टुडे टेलिभिजनमा कार्यक्रम अर्थ सरोकारमा हेर्न सकिनेछ । अहिलेलाई प्रमो हेरौं !     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: