×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘माफियासँग ‘सेटिङ’ गरेर पैसा कमाउने विद्यार्थी संगठन भंग गरिदिए हुन्छ’

  • प्रताप शर्मा 
मेरो प्रश्न शैक्षिक लुटेराहरुलाई मात्र होइन , शैक्षिक लुटेराहरुलाई पालन पोशण गर्ने त्यो राजनैतीक नेतृत्वलाई पनि हो । पूँजीवादी व्यवस्था प्रणालीमा दुनियाँ कुरा बिकाउ हुन्छ । त्यो बिकाउमा क्रान्तिकारी नेताहरुपनि परे जसले गर्दा जनमुखी, बैज्ञानिक र व्याबहारिक सैक्षिक आन्दोलन धारशायी हुन पुग्यो ।

नेपाली जनताका छोरा छोरीको बलिदान सिमित भुइफट्टा बर्गका सैक्षिक माफिया र लुटेराहरुको सम्रक्षणका निम्ती थिएन । तर अाज जुन प्रकारले माफियाले ओछाएको रातो कार्पेटमा नेताहरु सवार हुँदै छन, यसलाई सहज रुपमा ग्रहण गर्न सकिदैन । माफियाका निजी बिद्यालयलाई बन्करमा रुपान्तरण गर्ने भन्ने हरुको आज तिनै बिद्यालय कमाइ खाने धन्दा बन्नु निकै जटील बिषय हो ।

आज पनि नबोल्ने हो भने अब बोल्दा निकै ढिलो हुनेछ । माफियासँग अब सम्बन्धको ब्रेक लगाउने वा नलगाउने? बामपन्थी पृष्‍ठभुमिका प्रिन्सिपलहरु सँगको मेरो अन्तर्कृया कती रोचक हुन्थ्यो, मलाई सम्झना छ । पूजारीको बस्त्र धारण गरेर भित्रभित्रै अपराधलाई मुख्य पेसा बनाए जस्तै माफियाहरुको बामपन्थी लगाबपनि निकै रोचक छ । योभन्दा आर्को सजिलो रुपमा भन्ने मसँग बिषय छैन ।

माफियासँग भित्र-भित्र सेटिङमा काम गरेर कमिशनमा जिबन धान्ने विद्यार्थी नेताहरुपनि छन । जनता र नेताको सम्बन्धमा खाडल देखा पर्नुको पछाडि यो पनि प्रमुख बिषय हो । निजिकरणबिरुद्द भन्दापनि जुन लुट्तन्त्रको रुपमा सैक्षिक संस्थाको बिकास भईरहेको छ ,यो रोक्ने या नरोक्ने ? तिनै सैक्षिक माफियाको जुठो मसिनो खाएर अग्रगामी राजनीति , सम्ब्रिद्द राजनीतिको कुरा गर्ने हो भने मेरो भन्नु केही छैन । आज कै मितिदेखि विद्यार्थी संगठन भंग गरिदिए हुन्छ । सेटीङ गरेर पैसा कमाउनका निम्ति नेतृत्वमा जाने होडबाजी कम्तीमा अन्त्य त हुन्छ । हरेक पार्टीका नेतृत्वगण, चिसो दिमागले पूर्ण रुपमा सोच्नुस् । 

कालोलाई सेतो र सेतो लाई कालो भन्ने त्यो संस्कार ममा हिजोपनि थिएन, आज पनि छैन र भोलि पनि हुने छैन । मैले भोगेका कुरा अनी देखेका कुरा ओकलिदिदा तितो लाग्दछ तर यो वास्तविकता हो । श्रमजिबी शिक्षकलाई दास जस्तो बनाएर श्रम शोषण गर्ने, अबिभाबकलाई जुकाले रगत चुस्दा झै चुस्ने अनी यि माफिया , भ्रस्टलाई भ्रस्ट भन्नु के गल्ती हो ? हो , म बाट यस्ता गल्ती दोहोरी रहन्छ । सैक्षिक लुट्तन्त्रमा बलियो उपस्थिती बनाएका शैक्षिक माफियालाई मेरो शैली अराजक अनी हावादारी लाग्नु स्वाभाविक नै हो ।
काठमाण्डौका निजी बिद्यालयको मासिक सुल्क १५००० देखी ८५००० सम्म छ । के मान्छेको गरीबीमाथि राजनीति गर्ने ? संबिधानले ग्यारण्टी गरेको माद्यामिक तह सम्म को शिक्षा त जनताका छोरा छोरीले पाउनु पर्‍यो नि ? धेरै निजी बिद्यालयका शिक्षकहरु न्युन पारिश्रमिकमा काम गर्दै छन , यो बेरोजगारी युवाहरुको पिडा हो । गरीब जनताका छोरा छोरीले पनि यि महनगा बिद्यालयमा पढ्न पाउनु पर्छ । के पैसा छैन भने अब पढ्ननै नपाउने हो ? राज्यले समान ढंगको सुल्क निर्धारण गर्न जरुरी छ । विद्यार्थीलाई उतिर्ण गर्ने भन्दै होस्टल राख्न वाध्य बनाउने अनी लुट्नु लुटेर गुणस्तरको कुरा गर्ने ?
एउटा व्यक्तिसँग कहिलै लडाईं लड्ने मानशिक्तामा हिजो पनि थिएन र भोली पनि हुने छैन । यो ब्यबस्था भित्र ठग्न पल्केका लुटेराहरु र गरीब जनताको रगत पसिना चुस्न पल्केका माफियाको बिरुद्द बोल्नु मलाई नाजायज लागेन र लाग्ने पनि छैन । विद्यार्थी नेता भन्निने हरुले माफिय बिरुद्द कहिलेकाही बोल, होइन भने मलाई तिमीहरुप्रतिको विश्वाशनै रहने छैन ।

जनता-जनता भन्दै माफियाको जुठो रहल पहल खाएर माफियाकै सम्रक्षणका निम्ती राजनीति गर्ने हो भने त्यो विद्यार्थी राजनीतिको कुनै औचित्य हुने छैन । जिन्दगीमा भोलीको सपनाभन्दा आज सपना महत्वपूर्ण हुन्छ। हेक्का रहोस् नेतागण ! जनतालाई निरन्तर सुसुचित गरिने छ , तितो अनी नमिठो अनुभव नगरिदिनु होला । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: