×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘काठमाडौँका ७५ प्रतिशत स्कुल संचालकका सर्टिफिकेट नक्कली’ (भिडियोसहित)

काठमाडौँ – प्रताप शर्मा । त्रिचन्द्र कलेजमा पढ्दा समाजशास्त्रका कलेज टपर । ‘स्कुलहरुमा लुट नै लुट छ ।’ अर्थ सरोकार टेलिभिजन कार्यक्रमको स्टुडियोमा छिर्नु अघि उनी भन्दै थिए, ‘शिक्षा क्षेत्रमा पनि एउटा सर्वेन्द्र खनाल वा नवराज सिलवाल चाहिएको छ, जसले नक्कली सर्टिफिकेटधारीहरुलाई आच्छु आच्छु बनाउन सकोस् ।’ ८ बर्ष लामो समय नेपालका नीजी स्कुलहरुमा पढाएका उनी भन्छन्, ‘अधिकांससँग नक्कली सर्टिफिकेट छ । मैले समाजसाश्त्रमा डिग्री गरें, कानुनमा स्नातक गरें । कहिलेकाहीं व्यर्थ लाग्छ । यहाँ त नक्कली सर्टिफिकेट हुनेहरुको हालीमुहाली छ ।’

उनका अनुसार नजी स्कुलहरुमा यति साह्रो लुट छ कि पाइला पाइलामा अभिवावकहरु ठगिने गरेका छन् । उनले पियन भएर काम गरेका व्यक्ति पैसा कमाएर स्कुलको संचालक भएको सम्म देखेका छन् । पैसा भएपछि नेपालमा शैक्षिक क्षेत्रमा निकै मज्जासँग लुट्न पाइने बताउने उनी आफुले देखेको यहि लुटका कारण निजी स्कुलको जागिर नै छोडेको बताउँछन् ।
‘स्कुलमा शिक्षक हुँदा कसरी बोलुं ! रोजीरोटीको सवाल छ ।’ अफ एयरमा यस्तो भनेका प्रतापले अन एयरमा सबै भनेका छन् । उनीसंगको विशेष अन्तर्वार्ता सोमबार बेलुकी ६:३० बजे टिभी टुडे टेलिभिजनमा कार्यक्रम अर्थ सरोकारमा हेर्न सकिनेछ । अहिलेलाई प्रमो हेरौं !
       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: