×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संविधान संशोधनमा आज मतदान, सांसद तान्न प्रधानमन्त्री सक्रिय

काठमाडौं । संविधान जारी भएको ३५ महिनापछि ब्यवस्थापिका संसदमा दोस्रो संशोधनमा आज मतदान हुने भएको छ । संविधान जारी भएपछि आन्दोलनमा जुटेका मधेस केन्द्रीत दलहरुका मागलाई सम्वोधन गर्न सत्तापक्षिय दलहरुले संविधान संशोधन बिधेयक अगाडी बढाएका छन् । ब्यवस्थापिका संसदको दुई तिहाई बहुमतले पारित गरेपछि मात्र संविधान संशोधन हुनेछ ।
संविधान संशोधन प्रस्ताव पारित गर्न ५९२ कुल सांसद मध्ये ३९५ आवश्यक छ । तर संविधान संशोधनका पक्षमा रहेका सत्तापक्षिय दलहरुको संख्या ३७० रहेको छ भने विपक्षमा २११ मत रहेको छ । एमाले, राप्रपा संविधान संशोधनका विपक्षमा छन् ।
संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबी सत्तापक्षले गरेका छन् । भने एमालेसहित विपक्षी दल सत्तापक्षको प्रस्ताव फेल गराउने पक्षमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा संशोधन प्रस्ताव पारित गराउन दुईयता निकै सक्रिय भएका छन् । संविधान संशोधन प्रस्ताव पारित गर्न ११ सांसदको आवश्यकता परेको छ । नेकपा मालेका ५, नेमकिपाका ४, परिवार दलका २, समता र थरुहटका १ सांसद तान्ने खेलमा प्रधानमन्त्री अघि बढेका छन् ।
प्रधानमन्त्री देउवाले एमालेभित्रका मधेसी सांसदहरुसँग पनि कुरा चलाइरहेका छन् । एमालेभित्रका केही दल र साना दलले संशोधनका विपक्षमा मतदान गर्ने प्रधानमन्त्री देउवाले विश्वास लिएका छन् । उता संशोधनका विपक्षमा उभिएको एमाले र राप्रपा भने संशोधनका विपक्षमा उभिने भएको छ । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: