×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले र केपी ओली सिध्याउन देउवाको सहरा लिएँ

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली सिध्याउन कांग्रेससँग सहकार्य गरेको आन्तरिक योजना सार्वजनिक गरेका छन् । नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी दाहालले आफ्नो पार्टी निकटका पत्रकारहरुलाई शुक्रवार निवासमा बोलाएका थिए । पत्रकारहरुसँग उनले माओवादी आन्दोलन जोगाउन पनि एमालेलेलाई सिध्याउनु पर्ने बताए ।
‘एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीति मैले लिएको छु’, दाहालले भने ‘एमालेमा अहिले राष्ट्रवादको दम्भ र अहंकार छ । त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ । त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन ।’
दाहालले नेकपा माओवादीलाई भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा र बिजयी गच्छदारलाई प्रिय मान्न थालेको बताए । लेफ्ट लेफ्ट एउटै तरबारमा हिँड्न नसक्ने भन्दै उनले एमाले नसिध्याए माओवादी पार्टी नरहने जिकिर समेत गरे । । दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले एमालेले माओवादीलाई डाइजेस्ट गर्न खोजेको बताए ।
एमालेलाई माओवादी पार्टीकै नेताहरुले ठुलो ठाने पनि आफुले कहिल्यै ठूलो नदेखेको बताए । ‘हाम्रै साथीहरु एमालेलाई ठुलो र विशाल संगठन भएको पार्टी मान्छन् तर म उनीहरुलाई भुसुना पनि मान्दिँना ।’ दाहालले एमाले चुनावी तालमेल, एनजिओको खेतिमा अगाडी भएपनि माओवादीभन्दा ठुलो नभएको बताए ।
एमाले र माओवादीबीचबको तितो सम्वन्ध लामो समय नरहने उनले दावी समेत गरे । ‘या त माओवादीले उनीहरूलाई आफूभित्र समाहित गर्नुपर्छ या उनीहरूले हामीलाई लान्छन्, हाम्रो विघटन हुन्छ ।’ – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: