×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पानी नरोकिएपछि भरतपुरकी मेयर रेणु दाहालले चितवनमा लिइन यस्तो एक्शन..

वर्षा जारी रहेपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनमा एक्सन लिएकी छिन । दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र दलका प्रतिनिधिसहित आइतबारको बैठकले जिल्लाको वस्तुस्थितिका बारेमा तीन समूह बनाएर तत्काल अनुगमन गर्ने निर्णय गरेको छ ।
प्रमुख दाहालको नेतृत्वमा पश्चिम चितवन, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको नेतृत्वमा पूर्वी चितवन र जनस्वास्थ्य प्रमुख विजयकुमार झाको नेतृत्वमा सौराहा क्षेत्रको अनुगमन गर्ने निर्णय भएको छ ।
सो अवसरमा दाहालले बाढीबाट प्रभावितको उद्धार र राहतका लागि जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनाका साथै दलका प्रतिनिधिलाई सो कार्यमा सहयोग पु¥याउन आग्रह गरेकी छिन ।
अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आज बिहान फेला परेको उनले बताए ।
त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको थापाले बताए । ती महिलाको सनाखत हुन सकेको छैन ।
जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: