×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुरको बिजयी जुलुस सुरु- जुलुसमा नेता खाँड, शेरचन देखि अभिनेता शिवशंकरसम्म सहभागी

  • अर्थ सरोकार संवाददाता 

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र  माओवादी केन्द्रको गठबन्धन बिजय भएपछि बिजय जुलुस निकालिएको छ । बिजय जुलुसमा कांग्रेसका नेता देखि अभिनेतासम्म सहभागि भएको देख्न सकिन्थ्यो । विभिन्न क्षेत्रमा ख्याति कमाएका कलाकार, अभिनेताहरु सहभागि जुलुसमा सहभागि भएका थिए । हास्य अभिनेता शिवशंकर रिजाल कांग्रेस हुन् तर रेणु दाहाललाई बधाई दिन उनी चितवन सम्म पुगेका थिए ।
माओवादी केन्द्र र नेपाली कांग्रेसका केन्द्रीय नेताहरु बिजय जुलुसमा सहभागि भएका छन् । दुई पार्टीको बिजय जुलुस भएपनि एउटै पार्टी जस्तो देखिन्थ्यो । भरतपुरको चौबिस कोठीबाट पुल्चोकसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले जुलुस निकालेका छन् । जुलुसमा नवनिर्वाचित महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह मात्र थिएनन् । कांग्रेस नेता बालकृष्ण खाँड देखि माओवादी केन्द्रका नेता अमिक शेरचनसम्म सहभागि थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: