×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘इडी’को योजनामा ‘रिडी’ले डुबायो लगानीकर्ता, कारवाही होला त ? (लगानीकर्ता फसेको प्रमाणसहित)

काठमाडौँ – रिडी हाइड्रोले २०७४-०५-०१ गते कम्पनीको वित्तीय विवरण छाप्यो । प्रतिवेदन अनुसार आर्थिक वर्षको चौथो त्रैमासमा २ लाख ५३ हजार २७७ रुपैयाँ मात्र खुद नाफा कमाएको भन्ने उल्लेख थियो । यो नाफा रकम अघिल्लो वर्षको त्रैमासमा भन्दा ९८.६३% ले कम थियो । अघिल्लो वर्ष यो हाइड्रोले १ करोड ८५ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

त्यस्तै, हाइड्रोको कुल आम्दानी पनि ७९.९६% घटेर ८५ लाख ९५ हजार ५८३ रुपैयाँमा सीमित भएको भन्ने उल्लेख भयो । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४ करोड २९ लाख ७२५ रुपैयाँ थियो । रिडीले यो त्रैमासमा बिजुली बिक्रीबाट ७८ लाख ४० हजार ७९२ रुपैयाँ मात्र आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ८१.६४% ले कम थियो ।

कम्पनीको खुद नाफा नाफा कम्पनीको वित्तीय अवस्था कमजोर भएको प्रतिवेदन सार्वजनिक भएपछी बुटवलका माधव पाण्डेयले उक्त कम्पनीको सेयर बेचे । २०२ मा किनिएको सेयर उनले १७५मा बेचे । कारोबार त्यहाँ भन्दा कममा भएको थियो ।  तर लगानीकर्ताले सेयर बेचीसकेपछी कम्पनीले भूलसुधार छाप्यो । १ गतेको रिपोर्ट गलत भएको बताइयो । अघिल्लो रिपोर्टको तुलनामा पछिल्लो रिपोर्टमा नाफा र इपिएस ह्वात्तै बढेको देखियो । तर यो बेलासम्म लगानीकर्ताले सेयर बेचीसकेका थिए ।
लगानीकर्तालाई घाटा भयो । भूलसुधार भइसकेपछि कम्पनीका उपल्लो तहका मान्छेले आफ्ना मान्छेका नाममा त्यहि सेयर उठाए । उनीहरुलाई फाइदा भयो ।  यो झुक्किएर भएको गल्ती होइन । ‘यो सब नियोजित हो । हाइड्रोका इडी सापको मुख्य योजनामा सबै मिलेर गरिएको इन्साईडर ट्रेडिङ हो ।’ कम्पनीका उपल्लो तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार पहिला नै यसरी छाप्ने, लगानीकर्ता फसाउने र भूलसुधार छाप्ने भन्ने नियोजित योजना बनेको थियो ।
यता कम्पनीले भने यसबारेमा प्रतिर्किया दिन चाहिरहेको छैन । कानुन: यसरी गलत प्रतिवेदन छाप्नेलाई कारवाही हुने व्यवस्था छ । बारम्बार विवादमा परिरहेको कम्पनीलाई यो प्रकरणमा कारवाही हुन्छ वा हुँदैन भन्ने हेर्न भने बाँकी नै छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: