×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्बपति राजकुमार साइकलमा सरर

  • एजेन्सी
साउदी राजकुमार अल बलिद अल साउद अहिले टर्कीमा परिवारसहित बिदा मनाइरहेका छन् । सामान्यतया आफ्नो व्यक्तिगत याट (डुंगामा)मा सयर गर्ने बानी परेका राजकुमारको अहिलेको बिदा मनाउनै शैली निकै अनौठो छ । उनी साथीभाइ, पारिवारिक सदस्यसाथ टर्कीका सडकहरूमा देखिन्छन् ।
पहेँलो कमिज, हाफ पाइन्ट, जुत्ता र सनग्लास लगाएर उनी साइकलमा सयर गरेका देखिन्छन् । ६२ वर्षीय अल बलिद पहिलोपटक सर्वसाधारणको शैलीमा घुमफिर गरेका हुन् ।
टर्की विमानस्थलमा पुगेपछि राजकुमार ६ भिआइपी कारमार्फत होटेल पुगेका थिए । उनीहरूसँगै ३० वटा साइकल र तीन सय सुटकेस बोकेको एउटा ट्रक होटेल पुगेको थियो । अमेरिकी म्यागेजिन फोब्र्सका अनुसार राजकुमारको कुल सम्पत्ति झन्डै १८ अर्ब डलर छ । अमेरिका, युरोप र मध्यपूर्वमा राजकुमारका विभिन्न कम्पनीहरू छन् ।
यसबाहेक लन्डनको सबाय होटेल र पेरिसको स्वेकीमा उनको लगानी छ । राजकुमार बलिद आफ्नो सौखिन जीवनशैलीका लागि प्रख्यात छन् । उनको निजी याट किङडम ५केआर दुई सय ८२ फिट लामो छ । याटमा २२ यात्री र ३१ चालक दलका सदस्य अटाउँछन् । याटमा हेलिकोप्टर, सिनेमा, स्विमिङपुललगायत अत्याधुनिक सुविधा छ ।
राजकुमारले सो सुपरयाट डोनाल्ड ट्रम्पसँग सन् १९९१ मा चार करोड डलरमा खरिद गरेका थिए । यसबाहेक राजकुमार एउटा निजी जम्बो जेटका मालिक हुन् । यसअघि उनी सोही विमानमा चढेर टर्की पुगेका थिए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: