×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शशांक कोइरालाले भने कांग्रेसको बलमा माओवादी उफ्रिरहेको छ, मलाई मन परेन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – आजकल माओवादी र नेपाली कांग्रेसको गठबन्धन चलिरहेको छ । दुई दल बीच हुने कार्यहरुमा कोहिले समर्थन गरेका छन् त्यसै गरी  भने कोहिले आलोचना पनि गर्ने गरेको पाइन्छ । प्रदेश नम्वर २ मा हुन् लागेको चुनावी प्रचार देखेर महामन्त्री शशांक कोइरालाले भने प्रदेश नम्वर २ मा चुनावी तालमेल नगर्ने बताएका छन् ।
विहीबार बर्दिवासमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले भने ‘माओवादीलाई जंगलबाट कांग्रेसले ल्यायो, त्यसपछि सत्तामा पुर्यायो अब धेरै माओवादीसँग लम्पसार हुनुपर्ने छैन, २ नम्वर प्रदेशमा कांग्रेस एक्लै सक्षम छ ।’ प्रदेश नम्वर २ मा नेकपा माओवादी केन्द्रलाई चुनावी माहोलमा सहयोग गरे कांग्रेसलाई घाटा पर्न सक्ने आशंका व्यक्त गरे ।
कोइरालाले भने – अरुलाई हराउन दुई नम्वर प्रदेशमा  कांग्रेस आफै सक्षम भएको र कांग्रेसलाई जित्न माओवादीको बुई चड्नु पर्दैन । सधै माओवादीको फाइदा र कांग्रेसको घाटा राजनीति हुँदैन, कांग्रेसकै बलमा माओवादी उफ्रिरहेको छ। बर्दिवासमा प्राय कांग्रेस कार्यकर्ताले माओवादीसँग चुनावी सफल पर्न आग्रह गरेपछि कोइरालाले कांग्रेसको शत्रृ कांग्रेस नै भएको बताएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: