×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धुलीमा विपत : पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु, यस्तो छ बाँच्न सफल उदयबादुरले दिएको बयान !

  • बिनोद रायमाझी / अर्थ सरोकार डटकम  
सिन्धुली – अविरल बर्षा पछि आएको पहिराले पुरीएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सिन्धुलीमाढी स्थित २ नम्बर बजारका उदयबहादुर (लकाई) खड्काको परिवारको ४ जनाको मृत्यु भएको हो ।शनिवार विहान करिब २ बजे आएको पहिरोले पुरीएर उदयबहादुरका श्रीमती ३७ वर्षीय दुर्गाकुमारी खड्का, छोरी १५ वर्षीया शोभा खड्का, छोराहरु १० वर्षीया अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेको परिवार श्रोतले जनाएको छ ।
सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने उदयबहादुरको परिवार नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको जग्गामा घर वनाएर वसेका थिए । जिल्ला प्रहरी कार्यालयको आवास भवन नजिकैबाट झरेकको पहिरोले घर पुरिएको थियो । राती २ बजे तिर पहिरोले घर भत्काए पछि आफू भागेर बाँच्न सफल भएको तर रातिको समयमा हारगुहार गर्दा उद्वार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको उदयबहादुरले वताए । 
‘राति २ बजे तिर पहिरो आए छ । म ढोकाको छेउमा सुतेको थिए । श्रीमति छोरा छोरी भित्ता पटि सुतेका थिए । पहिरो आउना साथ म भागे, उनीहरु भाग्न भ्याएनन् । राती २ बजे देखि चिच्याएँ ठूलो पानी परेकोले कोहिले थाहा पाएनन् क्यार, करिब ४ बजे तिर छिमेकीले प्रहरीमा खबर गरिदिए’ उदयबहादुर भने । 
पहिरोमा परि मृत्यु भएकाहरुलाई उद्वार गरि सिन्धुली जस्पताल पु¥याईएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलिले उद्वार गरेका हो । राती परेको अविरल वर्षाको कारण अन्य क्षेत्रमा भने कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: