×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महाशाखा र परिसरमा एसएसपीको दौड !

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको एसएसपी डिआईजी बढुवा सूचीमा परेसँगै परिसरमा आउन बढुवा सूचीमा परेका एसएसपीहरू शक्ति केन्द्र धाउन थालेका छन् । केही दिनमै एसएसपी छबिलाल जोशी र ठूले राईले डिआईजीको फूली लगाउने भएपछि काडमाडौं र ललितपुर परिसरमा नयाँ एसएसपीको खेल सुरू भएको हो । 
ललितपुर र काठमाडौं परिसरको एसएसपी परिबर्तन सँगै अपराध महाशाखाका एसएसपी पनि परिवर्तन गर्ने तयारीमा आईजी र गृहमन्त्री छन् । भागवण्डा मिलाउन बढुवा सूचीमा नपरेपनि महाशाखाका एसएसपी दिनेश अमात्यको पनि सरूवाको तयारी गृह मन्त्रालयले गरेको छ । स्रोतका अनुसार आईजी प्रकाश अर्यालले पुराना एसएसपीलाई महाशाखा सहित परिसरको जिम्मा दिनु पर्छ भन्नेमा छन भने गृहमन्त्री एसएसपी बढुसा सिफारिसमा परेका नयाँ एसएसपी लाई महाशाखा सहित काठमाडौं, ललितपुर र महाशाखाको जिम्मा दिने तयारीमा छन् । 
गृहमन्त्रीको रोजाईमा अपराध महाशाखामा धिरज प्रताप सिंह, काठमाडौं परिसरमा दिपेश लोहनी र ललितपुर परिसरमा प्रद्युन कार्कीलाई पठाउने तयारीमा छन् । उता आईजी अर्याल भने काठमाडौं परिसरमा एक नम्बर बढुवा सूचीमा परेर आफ्ना गुटका बिश्वराज पोखरेललाई पठाउने अडानमा छन् । पोखरेललाई नभए हाल काठमाडौं परिसरको किलो २ मा कार्यरत कार्कीलाई किलो १ बनाएर त्यहि राख्ने खेलमा आईजी अर्याल छन् । दाङमा उल्लेखिनिय काम गरेका धिरज प्रताब सिंहलाई महाशाखा पठाउन भने आईजी पनि सहमत झै देखिएका छन् । नयाँ नपठाउने नियम बनाएर केदार रिजाललाई महाशाखा पठाउन आईजी सकरात्मक छन् । 
रिजाल भने डिआईजीको खेलमा छन् । हाल महाशाखा प्रमुख अमात्यलाई काम गर्न नसकेको आरोप लगाउँदै गृहमन्त्री र आईजीले हटाउने बहाना खोजेका हुन । उता तिन महिना देखी नेतृव्य बिहिन भएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) मा डिआईजी बढुवा सूचीमा परेका पुस्कर कार्की जान खोजेका छन् । तर आईजी अर्यालले सचिवालयमा बसेर आफूलाई सहयोग गर्न भन्दै प्रबक्ताको जिम्मेवारी दिएपछि सिआईबीमा उत्तम कार्की जाने संभाबना बढेको स्रोतको दाबी छ । उता डिआईजी बाट एआईजी सूचीमा बढुवा हुदा दुई नम्बरमा धकेलिएका एसएसपी रमेश खरेल भने यतिखेर चुपचाप छन् । संगठनले जहाँ पठाउँछ उतै जाने या मिशनमा समय थप्ने भन्ने तिर खरेल लागेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
आईजी हुने संभाबना कम भएपछि खरेल यतिखेर ४ बर्ष मिशन मै बस्ने सोचाईमा छन् । प्रहरी निमाबली परिबर्तन नभए अबको ८ महिना पश्चात आईजीका प्रमुख दाबेदार सर्वेन्द्र खनाल भने उपत्यका ट्राफिक महाशाखाको कमाण्ड सम्हालेका छन् । राजधानीको ट्राफिक जाम कम गर्ने अठोट खनाल लिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: