×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘यस्तै अवस्था कायम रहे नेपालको पूँजी बजार ‘त्रिपल डीजीट’ सम्म झर्न सक्छ’ (१३ कारणसहित)

  • सुहिल भुषाल 
तर्क आ–आफ्ना होलान तर सत्यतामा बजार छ । अहिले बजार झनै अनिश्चित हुँदै गएको छ । बजारमा देखिएका उतारचडापहरु सामान्य छैनन । अहिले बजारले फरक रुप धारण गरेको छ । बजार उच्च जोखिम विन्दु मै पुगेको छ । यो बजारको सिजनको समय हो । तैपनि बजार उल्टो गतिमा बगिरहेको छ । कारण हो नेपाली अर्थतन्त्रले अहिलेको Index धान्नै सकिरहेको छैन र धान्न सक्दा पनी सक्दैन । अव बजारमा बैक तथा वित्तीय संस्थाहरुले सानातिना बोनस-राईट दिदैमा नेप्सेले बजार थेग्न सक्दैन । 
किनकि नेपाली पूँजी बजारबाट सर्वसाधारण भागीसकेका छन । बचेकापनि आफ्नो लगानी मुल्य आएमा बेचेर भाग्ने मनस्तीथि बनाएका आवाजहरु सुनिन्छन् । अहिलेपनि बजारमा एक थरी अर्थ पण्डीतहरु बजार बढछ भन्दै हल्ला फैलाएको सुनिन्छ तर अहिले सर्वसाधारणहरुले सही र गतल छुट्टाउन क्षमता राख्छन् । अव बजारका यी पण्डीतहरुले बुझे हुन्छ आफुले सेयर किन्दा बजार बढ्छ र आफुले बेचेपछि बजार घट्छ भन्ने हल्लापनि बजारले पचाउन सक्दैन । अब बजार घट्छ र बजार त्रिपल डीजीट सम्म यसकारण झर्न सक्छ ।
१. अहिलेको यो नेपाली बजारले Index आफैमा उच्च विन्दुमा छ ।
१. सरकारी पुँजीगत खर्च नगण्य भएको देखिन्छ ।
२. अनलाईन भदौमा डेमो र काक्तिकमा सर्वसाधारणको हातमा भनिएता पनि यो सर्वसाधारणलाई भुक्काउने नियत मात्र देखिन्छ कीनकी यसको काम अघि बढाईएको छैन ।
३. बजारमा नँया लगानीकर्ताहरु भित्रिने भन्दा बाहिरीने संख्या बढि देखिन्छ कीनकी बजारको सप्लाई अधिक देखिन्छ ।
४. पुँजी वृद्विका कारण बैंक तथा वित्तिय संस्थाहरु चेपुवामा परेका छन । अर्को बर्षदेखि बैंक तथा वित्तिय संस्थाहरुले नगद बोनस मात्र बाढन सक्ने अवस्थामा पुग्नेछन ।
५. मंसीरमा चुनाव भनेर घोषणा गरीयतापनी नेपालमा प्रदेश तथा केन्द्रको चुनाव सम्वन्धी कानुन बन्न बाँकी छ त्यसैले यो चुनाव घोषणामै सीमित हुने प्रवल सम्भावना छ ।
६.संविधान संशोधन फेल पछि मधेशवादी नेताहरु भड्कीको अवस्था छ । 
७. बजारमा चरम कालोधनले प्रशय पाएको समाचारहरु बाहिरीरहेका छन् ।
८. तरलता संकट झन चरम ढङ्गले गहिरीएको देखिन्छ ।
९. बैंक तथा वित्तीय सस्थाहरुले लोन कर्जा विज्ञापन गरे जस्तै सर्वसाधारणलाई दिन सकेका छैनन् ।
१०. बजारमा अत्याधिक सेयर ‘भोलुम’ बढेको छ ।
११. हिजोको दिनमा भुकम्प वरावरको क्षति तराईको वाढिले गरेको छ र आर्थिक संकट सिर्जना गरेको छ ।
१२. समय समयमा सेवोन, नेप्सेले अहिलेको बजार जोखिम विन्दुमा छ भनी आफैले संकेत गर्ने गरेको छ ।
१३. नेपालीहरुको माहान चार्ड दशै तथा तीहार जस्ता महान पर्वहरु नजिकीदै गर्दा अब लगानी गर्ने बेला भन्दा पनी खर्च गर्ने बेला शुरु भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: