×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकका कर्मचारीको मिलेमतोमा पित्तललाई सुन भनेर ‘सुनकर्जा’ दिने गरेको खुलासा !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – पित्तललाई सुन भन्दै धीतो राखेर ‘सुनकर्जा’ दिने नेपाल बैंकका ११ जना कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो यस्तो गैरकानुनी काम गर्ने कर्मचारीहरुलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो ब्यूरोको टोली धरान पुुगेको थियो । पक्राउ पर्नेमा नेपाल बैंक लिमीटेड धरान शाखाका गोल्ड लोन म्यानेजर होम भट्टराईसहित ११ जना छन् । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतका अनुसार बैंकको केन्द्रीय कार्यालयको उजुरीपछी उनीहरुलाई पक्राउ गरिएको हो । कमसल धीतो राखेर सुन कर्जा दिएको भन्दै उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: