×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल आयो टाटाको टिगोर गाडी, साढे २३ लाखदेखि मूल्य सुरु, ‘युथ फ्रेन्ड्ली’ रहेको कम्पनीको विश्वास

  • रिना थापा / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेपाली अटो बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टाटा कम्पनीको पछिल्लो सेडान टिगोर कार नेपाल भित्रिएको छ । कम्पनीको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले उक्त कार नेपाल भित्र्याएको हो ।   बुधबार होटल सोल्टीमा आयोजित पत्रकार सम्मेलनका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो । कम्पनीका प्रतिनिधि र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सिप्रदीका निर्देशक सौर्य राणा र टाटा मोटर्सको इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले संयुक्त रुपमा नयाँ गाडी अनावरण गरेका छन् । यी कार खरिद गर्नेले चार बर्ष या ७५ हजार किलोमिटर यात्रा वारेन्टी पाउनेछन् ।
कम्पनीले दिएको जानकारी अनुसार टिगोर एक्सईको मूल्य  मूल्य २३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ भने टिगोर एक्सटिलाई २६ लाख ७५ हजार, टिगोर एक्सजेडलाई २८ लाख ७५ हजार र टिगोरु एक्सजेड (ओ) लाई २९ लाख ९५ हजाररुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै टाटा मोटर्सको इन्टरनेशनल बिजनेश हेड ओम्मेनले युवा पुस्ता लक्षित आकर्षक कार निर्माण गरिएको बताएका छन् ।
 
यता  ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टिगोरले भारतमा लिएको बजार हिस्साबाट आफु उत्साहित रहेको बताएका छन् । ह्याचब्याक र सेडानबाट माथि उठेर टिगोरले नयाँ सेग्मेन्ट तयार गरेको र ‘स्टाइल ब्याक’ नामाकरण गरिएकोसमेत उनले कार्यर्कममा जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: