×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोटरसाइकलमा लङ ड्राइभिङ गर्दा ढाड दुख्छ ? यी हुन् समाधानका उपाय

  • अर्थ सरोकार टिप्स 
मोटरसाइकल चलाउँदा ढाड दुख्ने समस्या धेरैलाई हुन्छ । विशेषगरी बिग्रिएको बाटोमा लामो यात्रा गर्दा यस्ता समस्या आउने गरेको छ । यस्तै बिग्रिएका सडकमा मोटरसाइकल कुदाउँदा मोटरसाइकल चलाउनेको शरीरमा कम्पन पैदा भइ त्यसले मेरुदण्डमा असर गर्नुका साथै हड्डी खिइने समस्या समेत बढ्दै जान्छ । त्यसैले मोटरसाइकल चलाउँदा आउने यस्तो समस्याका बारेमा बेलैमा सजग हुन जरुरी छ ।
१. लामो यात्रामा जाँदा सकेसम्म पोजिसन मिल्ने सिट भएको बाइक चलाउने । स्टायलिस देखिने मोटरसाइकलमा निहुरिएर लामो समय मोटरसाइकल चलाउँदा मेरुदण्डमा दीर्घकालीन असर पर्न सक्छ भने यस्तो बाइक केहि समय चलाउँदा ढाड दुख्ने समस्या आउँछ ।
२. मोटरसाइकल चालकले हलुंगो हेलमेटको प्रयोग गर्नुपर्छ । यसले तपाईंलाई सहज बनाउँछ ।
३. मोटरसाइकलमा लामो ह्यान्डल हुँदा बसाइको पोजिसन मिल्दैन । यसका कारणपनि ढाड दुख्ने समस्या आउँन सक्छ भने त्यसले दीर्घकालीन समस्यासमेत स्वास्थ्यमा आउन सक्छ ।
४. बाइक चलाउँदा सहज तरिकाले चलाउनु पर्छ । अनावश्यक बल गर्नु हुँदैन । मेरुदण्डका हड्डी बीचको जोर्नीमा अत्यधिक बल पर्न गएको खण्डमा जोर्नीहरू बिस्तारै खिइन थाल्छन् ।
५. हल्का दुखेको हो भन्दैमा लापरवाही गर्नु हुँदैन । थोरैमात्र ढाड दुख्नेबित्तिकै चिकित्सकलाई देखाउनुपर्छ । योगासन, फिजियोथेरापी, भिटामिनको प्रयोगले पनि दुखाइ कम गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: