×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलन राजपाबाट, उम्मेद्धार एमाले, कांग्रेस र माओवादीबाट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

आन्दोलन राजपाबाट, उम्मेद्धार एमाले, कांग्रेस र माओवादीबाट !

काठमाडौं – मधेस मुक्तिको नारा लिएर आन्दोलन गरेका प्रभावशाली जिल्ला नेताहरु स्थानीय तहको निर्वाचनमा तीन ठुला दलका उम्मेद्धार बनेका छन् । प्रदेश नम्वर २ का ८ जिल्लामा मधेस केन्द्रीत दलको झण्डा बोकि आन्दोलन गरेका धेरै प्रभावशाली मधेसी नेताहरु कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेद्धार बनेका छन् ।
सर्लाहीका विजय कर्ण लामो समयदेखि मधेस आन्दोलनका अगुवा थिए । महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवसँगै उनी पनि एमाले मधेस विरोधी पार्टी हो भन्दै नारा लगाउथे । तर तिनै कर्ण अहिले एमाले उम्मेद्धार बनेका छन् । ‘मुक्तिको नाममा म पनि मधेस केन्द्रीत दलको आन्दोलनमा लागेँ तर मधेस केन्द्रीत दलका नेता मुक्ति होइन, आफु बन्ने जुक्ति मात्र खोज्न थाले’ , कर्णले भने ‘मधेस मुक्ति बिगतदेखि अहिलेसम्म हेर्ने हो भने एमालेबाट मात्र सम्भव देखेर एमालेमा प्रवेश गरेँ ।’
सर्लाहीमा कर्णमात्र हैन, नेता तथा पूर्वसांसद जंगिलाल यादव पनि एमालेमा प्रवेश गरिसकेका छन् । मधेस आन्दोलनको मोर्चा नै कसेका नेताहरु अहिले एमालेको प्रचार अभियानमा सहभागि हुन थालेको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए ।
सर्लाहीकै रामबाबु दास केही समय पहिलेसम्म राजपाका प्रभावशाली जिल्ला नेता थिए । तर उनी हाल नेपाली कांग्रेसबाट उ्रम्मेद्धार बनेका छन् । त्यसैगरी मधेसका प्रभावशाली नेता शिवपुजन यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आन्दोलनमा लागेका नेताहरु राजपा, संघिय समाजबादी फोरम र फोरम लोकतान्त्रिक छाडेर एमाले कांग्रेस र माओवादी केन्द्रका उम्मेद्धार बनेका छन् । प्रभावशाली नेताहरुले चुनावमा तीन ठुला पार्टी रोजेपछि मतदाता पनि विभाजित भएका छन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: