×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले एकताको सपना नदेखे हुन्छ : वैद्य

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताए ।
पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताको सपना नदेख्न माअाेवादी अध्यक्ष प्रचण्डलार्इ सुझाव समेत दिएका छन् ।
‘दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम भएकै छैन, क्रान्तिलाई बिचैमा छाेडेर जाने प्रचण्डले एकताकाे अाह्वान गर्नुकाे अाैचित्य नै छैन ।’ उनले भने – ‘हाम्रो पार्टीले नयाँ जनवादी क्रान्ति गर्छ र देशमा आमूल परिवर्तन ल्याउछ ।’
आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले बताए। 
नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने बताउँदै उनले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
माकेका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीसँग एकता गर्ने भन्दै ठुलो रस्साकस्सीमा लागेका । यी २ पार्टीसँग एकताका लागि लबिङ गर्न उनले आफ्ना नेतादेखि कार्यकर्ताहरुलाई परिचालन गरेका छन ।
तर क्रान्तिबाट भागेर दलाल संसदीय राजनीतिमा चुर्लुम्म डुबेको भन्दै कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले उनको एकताको प्रस्तावलाई सिधै आविस्कार गर्दै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: