×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सबैलाई मन्त्रीको पालो पुगेकै छैन, आवश्यकता अनुसार अझै विस्तार गर्नुपर्छ’ – देउवा

काठमाडौँ – इतिहासकै जम्बो अर्थात ५४ सदस्यीय मन्त्रीमण्डल गठन गरेर चौतर्फी रुपमा आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि मन्त्रीपरिषदको विस्तार हुनसक्ने बताएका छन् । दुइ नम्बर प्रदेशको चुनावी प्रचारका लागि विराटनगर पुगेका देउवाले मंगलबार सन्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।
‘यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन’, देउवाले भने,‘आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’ निर्वाचन आयोगले मन्त्रीमंडल विस्तार भइरहनु आचारसंहिताविपरित भए तापनि विस्तार भइसकेकाले अब उक्त निर्णय फिर्ता नहुने देउवाले बताए। सोमबार पशुपतिसमशेर राणा नेतृत्वका ३ मन्त्री र एक राज्यमन्त्रीलाई सपथ खुवाएसंगै देउवाको मन्त्रीपरिषद ५४ सदस्यीय पुगेको थियो।
अर्को प्रसंगमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव संसद्मा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उल्लेख गरे । सरकारले मधेसी जनताको भावना कदर गर्ने जनाउँदै उनले संविधान लचिलो दस्तावेज भएकाले यसमा जहिले पनि संशोधन गर्न सकिने बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: