×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मधेसको सक्कली राष्ट्रवाद बुझन नक्कल छाति होइन,सक्कली हृदय चाहिन्छ

प्रदेश नम्वर २ मा चुनाव नभएर चुनाव नामको राजनीतिक ब्यापार भइरहेको मेरो निस्कर्ष जनकपुरको भूमिबाट सुनाए भने ठुला दलका नेताको प्रतिक्रिया हुनेछ ‘यो कुनै ठुलो र नौलो कुरा होइन, चुनावमा खर्च त भइहाल्छ नी ।’ नेताहरुका लागि ठुलो र नौलो नभएपनि प्रदेश नम्वर २ मा चुनाव नामको ब्यापार भइरहेको छ ।
विगत महिनादेखि म बारा, पर्सा, रौतहट लगायत मधेसका ८ जिल्लामा घुमे । नागरिक भन्दा उम्मेद्धार, उम्मेद्धार भन्दा बढि राजनीति पैसामा लागेको छ । एउटै उम्मेद्धारले १० करोडसम्म खर्च गरेको उनीहरुकै मुखबाट मैले सुनेको छ । १० करोड खर्च गरेर एउटा मेयर वा गाउँपालिका अध्यक्ष बन्न किन तयार छन् उनीहरु ?
नेपालको संसदीय इतिहासमा सवैभन्दा बढि रकम यतिबेला मधेसमा खर्च भइरहेको छ । खर्च उम्मेद्धारले मात्र गरेका छैनन् । सीमामा बस्ने भारतीय ब्यापारीले समेत नेपाली उम्मेद्धारमाथी लाखौ खर्च गरेका तथ्य मैले फेला पारे । भारतीय नागरिकले नेपाली उम्मेद्धारमाथी खर्च गर्नुको मुख्य कारण के हो ? खासगरी ठुला दलका नेताहरुमा उनीहरुले खर्च गरिरहेका छन् ।
२ नम्वर प्रदेशको निर्वाचनमा अर्काेपनि डरलाग्दो तथ्य फेला परेको छ । भारतका ठुला पार्टी र क्षेत्रिय पार्टीका हजारौ कार्यकर्ता मधेसमा आएका छन् । आरएसएसदेखि भारतीय कांग्रेसआइका युवा संगठनहरु पनि मधेसमा खट्टिएका छन् । नेपालको चुनावमा भारतीय राजनीतिक दलका नेता कार्यकर्ता बढि खटेका छन् । नेपालको झण्डामा बसेर नेपालमाथी नै हस्तक्षेप गरिरहेका छन् । भारतीय राजनीतिक दलका कार्यकर्तासँग चुनाव जित्नका लागि कतिपय दलहरुले साँठगाठ गरेका छन् भने मधेस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
काठमाडौंमा बसेर देश, जनता र राष्ट्रवादका कुरा गर्नेले विदेशी हस्तक्षेप निम्त्याएका छन् । किनकी उनीहरुले चुनाव जित्नकै लागि विदेशीहरुसँग साँठगाँठ गरिरहेका छन् । मधेसको सक्कली राष्ट्रवाद बुझन नक्कल छाति होइन, सक्कली हृदय चाहिन्छ । तर ठुला दलका नेताहरुले राष्ट्रवादलाई चुनाव जित्ने औजारका रुपमा मधेसमा प्रयोग गरिरहेका छन् । पहाडे र मधेसी राष्ट्रवादका चर्का कुरा गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाइदा उठाउन खोजिरहेका छन् । तर उनकै दलका कतिपय उम्मेद्धार भारतीय लगानीमा करोडौ खर्च गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: