×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैंमा मासु खादै हुनुहुन्छ ? होसियार ज्यानै जान सक्छ !

काठमाडौं – स्वास्थ्य परिक्षण नै नगरीमासु खादै हुनुहुन्छ ? यदि हो भने होशियार ! दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । 
दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गाैलामा समस्या थपिने हुन्छ । 
चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्न जरुरी भएको भक्तपुरको गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउत बताउछन । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको बताउँँदै मुटुरोग विशेषज्ञ डा राउत भन्नुहुन्छ “ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइन्छ, एकै पटक धेरै मासु खाँदा मुटुरोग, उच्च रक्तचाप, डायबिटिज र युरिक एसिड भएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।” 
नेपाल हृदयरोग प्रतिष्ठानका पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप र मुटुरोगीलाई दशैंँमा बढी रातो मासु र मदिरा नखान सुझाव दिन्छन । दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताए । 
अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने जानकारी डा रेग्मीले दिए । “दशैं भन्दैमा चिल्लो बढी भएको मासु र अन्य परिकार तथा पिरो खाने, रातभरी नसुतीकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ ”उने भने । 
अन्य समयका तुलनामा दशैंमा मासु र मदिरा सेवनका कारणबाट हुने बिरामी धेरै आउने गरेको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताए । अस्पतालले मुटुरोगको उपचार शुरु गरेसंँगै दशैंमा मुटु रोग, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या लिएर बढी बिरामी आउने भएकाले अस्पतालले आकस्मिक कक्षदेखि चिकित्सक्समेतलाई तयारी अवस्थामा राखिने जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: