×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हरेक पाइलामा साथ दिने श्रीमान् पाएँं: सभामुख ओनसरी

काठमाडौँ – धेरै नेतृहरूको राजनीतिक जीवन विवाहसँगै समाप्त हुन्छ । तर, ओनसरी घर्तीको सवालमा यो नियम लागू भएन । सशस्त्र युद्धदेखि पहिलो महिला सभामुखसम्मको यात्रामा उनले पति वर्षमान पुनको बलियो आडभरोसा पाइन् । ‘संयोगवश कल्पना गरेजस्तै श्रीमान् पाएँ,’ उनी भन्छिन्, ‘मलाई कहिल्यै रोक्नुभएन, अघि बढ्न सहयोग गरिरहनुभयो ।’ 
वल्लोपल्लो घरका ओनसरी र वर्षमान बालापनकै साथी थिए । रोल्पा नगरपालिका ७, माडीचौर ९साबिक जंकोट गाविस १० का यी दुईको ‘मनको भेट’ राजनीतिले गरायो । ‘विचार र उद्देश्य एउटै भएपछि मन मिल्यो भनुँ,’ ओनसरीले पुराना दिन सम्झिरहँदा वर्षमान उनैलाई हेर्दै मुस्कुराइरहेका थिए ।
११ भदौ ०५२ मा बिहे हुँदा ओनसरी २१ वर्षकी थिइन्, वर्षमान २४ वर्षका । बिहे भएको ६ महिना नबित्दै पार्टीले सशस्त्र युद्ध थाल्यो । उनीहरूबीच विवाहपूर्व नै सहमति थियो, ‘दुवैजना युद्धमा जाने ।’ ‘नत्र हामीले अरू नै मान्छे रोज्थ्यौँ होला । जनयुद्धमा सँगै जाने भनेरै विवाह गरेका थियौँ,’ यति भनिनसक्दै ओनसरीले चुपचाप सुनिरहेका वर्षमानलाई घचेटिन्, ‘तपाईं पनि भन्नु न…’ अर्को सहमति थियो, ‘छोरा होस् वा छोरी, दुई सन्तान जन्माउने, सन्तान र घर दुवैले स्याहार्ने, दुवैले राजनीति गर्ने र एकअर्काको निजी कमाइमा लोभ नगर्ने ।’ ‘
हामी अहिले पनि विचलित छैनौँ,’ वर्षमान भन्छन्, ‘भ्याउँदा दुवैले भ्याउँछौँ, नभ्याउँदा दुवैले भ्याउँदैनौँ, पारिवारिक दायित्वले एउटालाई मात्र पिरोलेको छैन ।’ ओनसरी र वर्षमान दुवै १४र१५ वर्षको उमेरमा राजनीतिमा होमिएका थिए । युद्धकालमा सैन्य तथा राजनीतिक फाँटमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी ओनसरी दुई पटक सांसद, एकपटक युवा तथा खेलकुद मन्त्री भइन् । पहिलो महिला सभामुख बनेर इतिहास पनि रचिन् ।
माओवादी जनमुक्ति सेनाको डेपुटी कमान्डर वर्षमान एक पटक सभासद् र दुई पटक मन्त्री बने । उनले अर्थ र शान्ति मन्त्रालय कुशलतापूर्वक सम्हाले । ०७० को चुनावमा पराजित भए पनि उनी राजनीतिको केन्द्रमै छन् । कारण, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका उनी विश्वासपात्र हुन् । पार्टीको जिम्मेवारी, पदीय दायित्व र सार्वजनिक जीवनसँगै पतिपत्नीबीचको सहकार्य र सहअस्तित्वमा पनि यो जोडीले सही निशाना लगाएको छ, जुन अन्यमा विरलै देखिन्छ । उनीहरूको अनवरत यात्रा त्यसको प्रमाण हो । – अन्नपूर्ण टुडेबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: