×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुल उद्घाटनमा हिडेका प्रधानमन्त्री कांग्रेसको प्रचारमा होम्मिए, आयोग बन्यो निरह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुर र भोजपुर जोड्ने रानीटार पुल उद्घाटनका लागि निर्वाचन आयोगसँग स्वीकृति लिएका थिए । आयोगसँग स्वीकृति लिएर राजधानीबाट हिडेका प्रधानमन्त्री देउवा आयोगलाई झक्याउँदै कांग्रेसको चुनाव प्रचारमा होम्मिएका छन् ।
रानीटार पुल उद्घाटनको बहानामा अनुमति लिएका प्रधानमन्त्री देउवा आचारसंहित उलंघन गर्दै प्रदेश नम्वर २ मा पुगेका छन् । प्रधानमन्त्रीज्युले पुल सिलन्याससहित विभिन्न कार्यक्रमको अनुमति लिनुभएको छ, चुनावमा होम्मिने अनुमति हामीले दिने कुरा भएन, आयोगका प्रवक्ता नवराज ढकालले भने ।
२ नम्वर प्रदेशको निर्वाचनमा सवैभन्दा बढि सत्तापक्षिय दलहरुले निर्वाचन आचारसंहित उलंघन गरेका छन् । आचार संहित उलंघन गर्नेमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल सवैभन्दा अगाडी देखिएका छन् । देउवाले जति आचारसंहिता उलंघन गरेपनि आयोगले सचेत गराउन समेत सकेको छैन । सत्ताका अगाडी निरह बनेको आयोगको चौतफी आलोचना भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: