×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आफ्नो शैली प्रचण्ड र कोइरालाले पछ्याउन थालेपछि एमालेले फेर्‍यो चुनावी रणनीति


काठमाडौं – नेकपा एमालेले अपनाउदै आएको चुनाव प्रचार रणनीति २ नम्वर प्रदेशमा फेरेको छ । एमालेले अपनाउदै आएको प्रचार शैली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अपनाउन थालेपछि एमालेले आफ्नौ शैली थप आक्रामक बनाएको छ ।
दोस्रो संविधानसभादेखि पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा एमालेले घरदैलो र साना कार्यक्रममा जोड दिँदै आएको थियो । साना कार्यक्रममा गर्ने तर प्रचार भने ठुलो गर्ने गरेको थियो । एमालेको त्यही शैलीलाई कांग्रेस नेता डा.शेखर कोइराला र माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले अपनाएका छन् ।
शेखर कोइराला प्रदेश नम्वर २ का अधिकाँस स्थानमा पुगेर उम्मेद्धारसँग घरदैलो कार्यक्रम गरिरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहाल मोनिड बाकदेखि घरदैलो चिया कार्यक्रम सञ्चालन गरिरहेका छन् । ठुलो चुनावी सभा गर्ने र त्यही भाषण गर्ने शैली प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनदेखि नै अपनाउदै आएका थिए । तर उनले प्रदेश नम्वर २ को स्थानीय तहमा आफ्नो रणनीति बदलेका छन् ।
कांग्रेस र माओवादीले आफ्नो चुनावी रणनीति पछ्याउन थालेपछि एमालेले तीन खम्बे चुनावी प्रचार अभियान सञ्चालन गरिरहेको छ । तीन खम्वे चुनावी प्रचार अभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल र सवै प्रभावशाली पदाधिकारीहरु सहभागि छन् ।
पहिलो जिल्ला नेता र उम्मेद्धारको घरदैलो र साना साना कोठे कार्यक्रम, दोस्रो पार्टीका प्रभावशाली नेताहरु सहभागि चुनावी समिक्षा र तेस्रो पार्टी अध्यक्ष सहभागि विशाल सभा । एमालेले अपनाएका यी तीन चुनावी प्रचारशैली हुन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: